कैलालीको टीकापुर नगरपालिकामा ता’ला’ब’न्दी

धनगढी – कैलालीको टीकापुर नगरपालिकामा तालाबन्दी गरिएको छ।वडा नम्बर १ वनगाउँका स्थानीयले वडा विभाजनको विषयमा असहमति जनाउँदै नगरपालिकामा तालाबन्दी गरेका हुन्।नगरपालिकाको हालको वडा नम्बर १ लाई कम्तीमा ६ वटा वडा बनाइनुपर्ने उनीहरुको माग छ।

नगरपालिकाले भने राजनीतिक दलको सहमति भन्दै वडा नम्बर १ लाई ५ वडामा विभाजन गर्ने तयारी गरेको छ।९ वटा वडा रहेको टीकापुर नगरपालिकाले वडा नम्बर १ लाई ५ र वडा नम्बर २ लाई २ वटा वडामा विभाजनको तयारी गरिरहेको छ।

वनगाउँका स्थानीयले नगरपालिकाले आफूहरुलाई अल्पमतमा पार्ने षडयन्त्र अनुसार वडा विभाजनको काम अघि बढाएको आरोप लगाएका छन्।त्यस वडामा थारुहरुको बसोबास रहेको छ। नगरपालिकाको वडा नम्बर १ जनसंख्याका हिसाबले नेपालको सबैभन्दा ठूलो मानिन्छ। त्यहाँ ५० हजार जनसंख्या रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *