देउवाको प्रस्ताव प्रचण्डले गरे ठाडै अस्वीकार, बालबाल बच्यो गठबन्धन !

देउवाको प्रस्ताव प्रचण्डले गरे ठाडै अस्वीकार, बालबाल बच्यो गठबन्धन !

सत्तारुढ गठबन्धन फुट्नबाट बालबाल बचेको खबर छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डराएपछि गठबन्धन फुट्नबाट बचेको हो ।

प्रचण्डले नमानेपछि देउवा एक्लै अघि बढेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार मन्त्रिमण्डल विस्तारमा देउवाले माओवादीलाई समेट्न खोजेका थिए ।

माधव नेपाल र उपेन्द्र यादवको आफ्नै लफडा भएकाले माओवादीका मान्छे समेटेर मन्त्रिमण्डल विस्तार गर्ने देउवाको योजना थियो । यसैअनुसार देउवाले प्रचण्डलाई कम्तिमा पनि माओवादीबाट दुई जना मन्त्री पठाएर तीन सदस्यीय मन्त्रिमण्डल विस्तार गर्ने प्रस्ताव गरेका थिए ।

माधव र उपेन्द्र पक्षले तत्कालै नाम नपठाउने भएकाले कम्तीमा पनि आफ्नो तर्फबाट दुई वटा मन्त्री पठाएर क्याबिनेट विस्तारमा सहयोग गर्न प्रचण्डलाई आग्रह गरेका थिए । तर प्रचण्ड डराए ।

माधव र उपेन्द्रलाई छोडेर आफू एक्लै सरकारमा सहभागी भए गठबन्धन नै धरापमा पर्ने डरले प्रचण्ड पन्छिएको स्रोतको भनाइ छ । यससँगै देउवाले आज एक सदस्यीय मन्त्रिमण्डल विस्तार गर्दैछन् । कांग्रेसका नारायण खड्का परराष्ट्रमन्त्री बन्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *