प्रचण्ड र देउवाबीच हिजो राती भयो यस्तो नयाँ सहमती, देशभरका कांग्रेसीहरुमा छायो खुसीयाली !

प्रचण्ड र देउवाबीच हिजो राती भयो यस्तो नयाँ सहमती, देशभरका कांग्रेसीहरुमा छायो खुसीयाली !

सरकार बनेको २ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

सत्तारुढ ५ दलीय गठबन्धनको मंगलवार अबेर रातिसम्म बसेको बैठकमा परराष्ट्रमन्त्री कांग्रेसलाई दिने सहमति भएपछि सकेसम्म बुधवार र नभए बिहीवार परराष्ट्रमन्त्री नियुक्त गरिने भएको छ ।

संयुक्त राष्ट्रसंघीय महासभाको साइड लाइन मिटिङका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्नुपर्ने सरकारलाई बाध्यता रहेको छ । न्यूयोर्कमा सार्कराष्ट्रका विदेशमन्त्रीको भेला पनि हुने भएकाले सरकारलाई परराष्ट्रमन्त्री यथाशक्य चाँडो नियुक्त गर्न दबाब रहेको छ ।

‘परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति भएको छ, अन्य मन्त्रालयमा पनि छिट्टै मन्त्री बनाउने सहमति गठबन्धनका शीर्ष नेताहरुबीच बनेको छ,’ गठबन्धनमा आवद्ध जनमोर्चाकी नेत्री दुर्गा पौडेलले भनिन् । यद्यपि अन्य मन्त्रीका विषयमा दलहरुबीच सहमति जुटिसकेको छैन ।

अन्य प्रमुख मन्त्रालयमा पनि मन्त्रीहरु नियुक्त गर्दै जाने सहमति ५ दलबीच भएको छ । बुधवार पनि ५ दलको बैठक बस्ने भएको छ । परराष्ट्रमन्त्री कसलाई बनाउने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको छ । यसका लागि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले बुधवार दिउँसो पदाधिकारी बैठक बोलाएका छन् ।

पदाधिकारी बैठकले परराष्ट्रमन्त्रीबारे टुंगो लगाउने भएको छ । स्रोतका अनुसार नारायण खड्का परराष्ट्रमन्त्री बन्ने सम्भावना रहेको छ । खड्का देउवाका विश्वास पात्र मानिन्छन् ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन ४ मन्त्री नियुक्त गरेका थिए । त्यसदिन कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिलामन्त्री भएका थिए ।

माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका थिए । साउन १० गते कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरिएको थियो ।

५ दलीय गठबन्धनमध्ये जनमोर्चाले सरकारमा नजाने प्रष्ट पारिसकेको छ भने माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादी ९एस० र जनता समाजवादी पार्टी ९जसपा० नेपालले सरकारमा सहभागिता जनाइसकेको छैन ।

मंगलवारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका अध्यक्ष उपेन्द्र यादव, एसका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी रहेका थिए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *