एमालेले झन् झन् गर्न थालेपछि सभामुख सापकोटाले आज यतिठूलो जोखिम उठाउदै, अब के होला संसदको हालत ?

एमालेले झन् झन् गर्न थालेपछि सभामुख सापकोटाले आज यतिठूलो जोखिम उठाउदै, अब के होला संसदको हालत ?

नेकपा एमालेले झन् झन् अवरोध गर्न थालेपछि सभामुख सापकोटाले ठूलो जोखिम उठाउन लागेका छन् । नेकपा एमालेले अवरोध गरे पनि सरकारले आज बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो ।

गएको शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्चिन नपाएको सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो ।आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् ।

विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेकाले मन्त्रालयगत छलफल सकेर आजको बैठकमै अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्न लाग्नुु भएको हो ।त्यसपछि राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल गरेर संशोधनका लागि ७२ घण्टाको अवधि सुरु गर्ने तयारी छ ।

विनियोजन विधेयक पारित भएपछि मात्रै राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत भएर सैद्धान्तिक छलफल हुने व्यवस्था छ । आजको बैठकमा विनियोजन विधेयकमा सबै मन्त्रालयका लागि विनियोजित बजेट र त्यसका शीर्षकमाथि छलफल गर्ने तयारी छ ।

आज एकै दिन छलफल सकाएर पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूूची छ । प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएमा आज नै राष्ट्रिय सभामा जानेछ ।राष्ट्रिय सभाको बैठक भोलि बोलाइएको छ । भदौ २३ देखि सुरु भएको प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै आएको एमालेले आज पनि अवरोध कायमै रहने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *