बादलले आजको कामले झनै फिदा भए ओली, प्रचण्डलाई लाग्यो हाईभोल्टेजको झड्का !

बादलले आजको कामले झनै फिदा भए ओली, प्रचण्डलाई लाग्यो हाईभोल्टेजको झड्का !

सर्वोच्च अदालतको फैसलापछि नेकपा एकता बदर भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछिको असर अहिलेसम्म देखिँदैछ ।अदालतको फैसलासँगै माओवादी केन्द्र छाडेर नेकपा एमालेमा लागेर नेता रामबहादुर थापा ‘बादल’ले माओवादी निकट कर्मचारी संगठनभित्र ठूलो विद्रोह गराएका छन् ।

माओवादीनिकट राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमला सहितका १०० जना केन्द्रीय सदस्यले एमालेनिकट नेपाल निजामति कर्मचारी संगठनमा प्रवेश गरेका छन् ।

एमाले र माओवादी एकीकरणबाट नेकपा बने पनि कर्मचारी संगठन एकीकरण भइसकेको थिएन । नेताहरू रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट एमालेमा रहेसँगै राष्ट्रिय कर्मचारी संगठनको समूह एमालेनिकट निजामति कर्मचारी संगठनमा समाहित भएको छ ।

आज शनिबार आयोजित निजामति कर्मचारी संगठनको भेलाबाट माओवादीनिकट संगठन छाडेर नेताहरू एमालेनिकट संगठनमा समाहित भएका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओली, नेता बादल सहितले नवप्रवेशीलाई संगठनमा समाहित गरेका छन् । यी हुन् निजामती कर्मचारी संगठनमा समाहित हुने पदाधिकारी र केन्द्रीय सदस्यहरू

उपाध्यक्षहरूः अम्बिका धमला, शुभनारायण यादव, गोपाल प्रसाद सापकोटा महासचिवः प्रभास प्रसाद यादव, सचिव र सदस्यहरूः लक्ष्मी भुसाल,मोहिदिन अन्सारी, दिपक खड्का, सन्तोष झा, वेदराज भट्टराई, गोकुलानन्द देव, देवी प्रसाद दाहाल, लेखबहादुर लम्साल, रामगगन यादव, शान्ता ओझा, सुशील तिमल्सिना, मणिराम पोखरेल, उमेश झा, भिष्म आचार्य, बेली पण्डित, ज्ञानेन्द्र शर्मा, सुनिता थापा, इन्द्र पौडेल, सफल शर्मा,

शालिकराम सुवेदी, किरण अधिकारी, दिलवहादुर कोइराला, कृष्णदेव यादव, धर्म गुरागाई, समिता श्रेष्ठ, हरिशरण खड्का, माधव थापा, अगमवहादुर कार्की, गणेश पुडासैनी, दाताराम तिमल्सिना, रामहरि खड्का, मणिराम पोखरेल, टंकनाथ शर्मा, अशोक श्रेष्ठ, हिराबहादुर बलामी, बद्रीप्रसाद मण्डल, नविनकुमार थापा, श्याम परियार, सुरेन्द्र खड्का, रामसेवक मण्डल, धनियाँ मण्डल, लालबहादुर मोक्तान, डम्बर विक, पुरुषोत्तम रायमाझी, रामनारायण शर्मा, तारा पौडेल, कृष्णकुमार कँडेल, भिषण चौलागाई, सावित्रा भट्टराई, जानुका पोखरेल,तीर्थ जैशी, पवन ठाकुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *