कहिले हुन्छ मन्त्रिपरिषद विस्तार ? प्रचण्डले तोके मिति

कहिले हुन्छ मन्त्रिपरिषद विस्तार ? प्रचण्डले तोके मिति

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४ असोजपछि सरकार विस्तार हुने बताएका छन् ।पार्टीका प्रशिक्षण कार्यक्रम पश्चात जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सरकार विस्तारमा कुनै समस्या नरहेकाले ४ असोजपछि विस्तार हुने बताए । ‘गठबन्धनमा कुनै मतभेद वा समस्या छैन,’ उनले भने, ‘अब सरकार विस्तार हुन्छ ।’

संविधानलाई सबैमा रहेका असन्तुष्टिलाई समाधान गर्न संविधान संशोधनको विषयलाई अगाडि बढाउने प्रचण्डको भनाइ थियो ।‘म प्रधानमन्त्री हुँदा दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको थिएँ,’ प्रचण्डले भने, ‘तर केपी ओलि कमरेडको कारण संशोधन हुन सकेन । अब त्यस विषयलाई राष्ट्रव्यापी रूपमा अगाडि लिएर जान्छौ ।

’ एमसीसीलाई संशोधन गरेर मात्र पास गर्न सकिने प्रचण्डले बताए ।प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन उनी शनिबार जनकपुरधाम आइपुगेका हुन् । प्रचण्डको उपस्थितिमा भेला सुरु भएको छ ।भेलामा माओवादी केन्द्रका प्रदेशस्तरीय अगुवा कार्यकर्ताको उपस्थिति छ ।

जनकपुरधामस्थित मरवाडी सेवा समितिमा सुरु भएको प्रशिक्षण कार्यक्रममा पूर्वमन्त्रीद्वय माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल, मातृका यादव, पूर्वमन्त्री गणेश साह, नेता रामकुमार शर्मा, प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहलगायत उपस्थित छन् ।उनीहरूले कार्यकर्तालाई प्रशिक्षण दिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *