एस पार्टी फ्लप हुने चर्चाकाबीच रामकुमारी झाक्रीले राजधानी बाहिरैबाट गरिन् यस्तो उद्घोष, नेताकार्यकर्ताहरुको आट एकाएक बढ्यो ह्वात्तै !

एस पार्टी फ्लप हुने चर्चाकाबीच रामकुमारी झाक्रीले राजधानी बाहिरैबाट गरिन् यस्तो उद्घोष, नेताकार्यकर्ताहरुको आट एकाएक बढ्यो ह्वात्तै !

नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले एकीकृत समाजवादीलाई युवाहरुको पार्टी बनाउने उद्घोष गरेकी छन् । उनको उद्घोषपछि पार्टीका नेताकार्यकर्ताहरु उत्साहित बनेका हुन् ।बुटबलमा आयोजित लुम्बनी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै झाँक्रीले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवा ४० प्रशिशत रहने बताएकी हुन् ।

उनले नेकपा एमालेको हरेक कमिटीबाट अब विद्रोह हुने र आफ्नै श्रममा निर्णय गर्नेहरुले पार्टी बनाउने बताइन् । ‘दक्षिणपन्थी विर्सजनवादमा भासिएको नेतृत्वविरुद्ध अब प्रत्येक कमिटी र वडा तहबाट विद्रोह शुरु हुन्छ ।

साविकको खड्ग ओलीको एमालेको क्षतिकरण एकीकृत समाजवादीको बढोत्तरी हो’, उनले भनिन्, ‘अरुले नै बनाएको दरबारमा शयन गर्नेहरुले कठिन यात्रा तय गर्न सकेनन्, आफ्नै श्रममा निर्णय गर्न मञ्जुर हुनेहरुले मात्र यो यात्रा तय गरे ।’

लुम्बिनी कम्युनिस्ट आन्दोलनको उर्वर भूमि भएको भन्दै उनले पार्टी बन्ने प्रशस्त सम्भावना रहेको बताइन् । ‘नवजवान साथीहरुले सुनौलीतिर गएर नेता खोजेर ल्याएर कार्यकर्ता बन्ने होइन । आफ्नो समुदायको आफ्नो समाजको आफैं अगुवा बन्नुपर्छ’, उनले भनिन् ।

यस्तै झाँक्रीले एमाले अध्यक्ष केपी ओलीले १० बुँदे कार्यान्वयनको नाममा नेतालाई झुलाएको बताएकी छन् । शुक्रबार पार्टीको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले यस्तो बताएकी हुन् । १० बुँदे सम्झौताको कोर्स करेक्सन भत्काएर ओलीले मुलुकमा राजनीतिक अस्थिरता र द्वन्द्व निम्त्याउन खोजेको उनले दाबी गरिन् ।

‘ओलीले १० बुँदेको कोर्स करेक्सन भत्काउने र विदेशी हस्तक्षेप भित्र्याएर मुलुकलाई तहसनहस पार्न खोजेका छन् । १० बुँदे कार्यान्वयनको नाममा ओलीले नेताहरूलाई अल्मल्याएका छन्,’ झाक्रीले भनिन् ।

यस्तै एकिकृत समाजवादी पार्टी एमाले विभाजन भएर नभई एमालेबाट विद्रोह गरेर निर्माण भएको स्पष्ट पार्दै प्रतिगमनकारीको योजनालाई ध्वस्त बनाउन उनले कार्यकर्ताहरूलाई निर्देशन दिइन् ।उनले माधव नेपाल पक्षमा रहेका तर एमालेमा लागेका तेस्रो धारका नेताहरूलाई लक्षित गर्दै अरूले बनाएको दरबारमा बस्नेहरूले कठिन यात्रा तय गर्न नसकेको टिप्पणी गरिन् ।

‘आफैंले बनाएको दरबारमा बस्न हामीले कठिन यात्रा तय गरेका छौं,’ उनले भनिन्, ‘अरूले बनाइदिएको दरबारमा बस्नेले कठिन यात्रा तय गर्न सकेनन् ।’ एमालेका केही नेताहरूले आफुलाई चुनौतीरहित दाबी गरेको भन्दै भाँक्रीले ती नेतालाई त्यस्ता सपना नदेख्न आग्रह गरिन् ।

एकिकृत समाजवादीले केन्द्रीय कमिटीमा अनिवार्य ४० प्रतिशत युवाहरू राख्ने व्यवस्था गर्दै पार्टीलाई नवजवानहरूको पार्टी बनाइने र आगामी आम निर्वाचनमा पनि बहुमत ल्याइने उनले बताइन् ।एमालेका नेताहरूले विद्रोहमा सहभागी हुन चाहने कार्यकर्तालाई राजनीतिक भविष्य र व्यक्तिगत भविष्यको ग्यारेन्टी बाँड्दै हिँडेको आरोप लगाउँदै भ्रममा नपर्न कार्यकर्ताहरूलाई आग्रह गरिन् ।

क्रान्तिकारी इतिहास बोकेका कार्यकर्ताहरूले चिन्ह होइन विचार रोज्ने उनको तर्क छ । पार्टी केन्द्रीय कमिटीकै अर्का सदस्य मेटमणि चौधरीले अहिले पार्टीको आकार सानोजस्तो देखिए पनि ५, ६ महिनाभित्र वास्तविक आकार देख्न सकिने बताए । उनले जनप्रतिनिधिहरू आवरणमा आफुहरूतिर नदेखिए पनि जनताको अपार समर्थन एकिकृत समाजवादीलाई रहेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *