पार्टी कार्यालय उद्घाटन कार्यक्रममा रामकुमारी झाँक्री नै गायप,

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा रामकुमारी झाँक्री नै गायप,

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गर्दै अध्यक्ष नेपालले हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन् ।

उनले भने ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’ उनले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए ।

नेपाली जनतालाई काम गरेर देखाउने र केपी केपी शर्मा ओली जस्तो बोलेर आम जनतालाई निरास नबनाउने बताए। उनले प्रदेश सरकारमा पनि आफ़ो पार्टी सहभागी हुने बताए।उद्घाटन कार्यक्रममा रामकुमारी झाँक्री भने अनुपस्थित छन्।

मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन गरिएको नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।भुइँतलासहित चार तले सो घरको मालिक पूजा थापा बस्नेत हुन् । घरमा १५ वटा कोठाहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *