रातारात उल्टीयो खेल अष्टलक्ष्मी शाक्यलाई हाइसन्चो !

रातारात उल्टीयो खेल अष्टलक्ष्मी शाक्यलाई हाइसन्चो !

नेकपा एमाले बाट वाग्मती प्रदेशकी मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यलाई मूख्यमन्त्री बाट हटाउँन दिलोज्यानले लागेकाहरु खुम्चनु पर्ने अवस्था आएको छ ।

ओली विरुद्ध गठबन्धन बनाएर परमादेशको भरमा केन्द्रिय सरकार फेरबदल गर्न सफल भए पनि अहिले सत्ता चलाउँने गठबन्धनलाई फलामको चिउरा चपाउँन भन्दा गारो परेको छ । केन्द्र देखी प्रदेश सम्म भागबण्डाको लफडाले गठबन्धन चुर्लुम्म डुबेको छ ।

केन्द्र मा मात्रै होइन प्रदेशमा पनि गठबन्धनका नेताहरुको लुछाँचुँडी चल्न थालको छ । प्रदेश सरकारको नेतृत्व कसले बन्ने भन्ने किचलोले उग्र रुप लिँदै गएको छ । वाग्मती प्रदेशमा गठबन्धनका नेताहरुको भागबण्डको किचलोले प्रत्यक्ष फाइदा अष्टलक्षी शाक्यलाई भएको छ ।

मुख्यमन्त्री शाक्यmलाई हटाएर मूख्यमन्त्री को बन्ने भनेर नेकापा एस र नेपाली काग्रेस विच हानाथाप परेको छ । नेकपा एस बाट राजेन्द्र पाण्डे संसदीय दलको नेता बनेर मुख्यमन्त्री बन्न खुटटा उचालेर बसेका छन् भने नेपाली काग्रेस संसदीय दलका नेता इन्द्र बाँनियाले पनि मूख्यमन्त्रीको दौडमा खुलै लविङ मारिसेका छन् ।

अक्ष्टलक्ष्मी शाक्यलाई हटाएर वाग्मती प्रदेशको मुख्यमन्त्री बनौँला भनेर खुट्टा उचालेर बसेका नेकपा एसका नेता राजेन्द्र पाण्डेको मुखैमा आएको मुख्यमन्त्री पद गुम्ने अवस्था आएको छ ।

वाग्मती प्रदेशको मुख्यमन्त्री नेकपा एसको भागमा पर्छ अष्टलक्ष्मी शाक्य एमालेमै बसे पछि म नै हुँ अबको मुख्यमन्त्री भन्दै हिँडेका राजेन्द्र पाण्डे काग्रेस सांसद इन्द्र बानियाले पनि मुख्यमन्त्रीको कुर्सी ताके पछि तनावमा परेका छन् ।

देउवाका अती विश्वासपात्र बाँनियाले कुनै पनि हालतमा वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने गरि दौडधुप सुरु गरेका छन् । मकवानपुरकै स्थानिय बाँनियाले अरु प्रदेशको छोडेर भए पनि बाग्मतीको मुख्यमन्त्री छोड्न नहुने सन्देश प्रधानमन्त्री शेरबहादुर देउवाको कान सम्म सुनाएका छन् ।

बाँनियालाई प्रधानमन्त्री देउवा मात्रै होइन देउवापत्नी आरजु राणाको पनि आशिर्वाद रहेको बताइन्छ । सफल व्यवसायी समेत रहेका बाँनीया काग्रेसमा माथिल्लो तह सम्म ठूलै पहुँच राख्न सक्ने नेताको रुपमा चिनिन्छन् । बाँनीयाले खुट्टा उचाले पछि पाण्डे निकै झस्किएको बताइन्छ ।

इन्द्र बाँनीयालाई देउवाले कति सम्म विश्वास गर्छन् भने अघिल्लो पटक प्रधानमन्त्री हुँदा देउवाले उनलाई गृहराज्यमन्त्रीनै बनाएका थिए । वाग्मती प्रदेश देशकै राजधानी पनि भएको क्षेत्र भएको र वाग्मतीमा देखीने कामले देश भरिमै प्रभाव पार्ने भन्दै काग्रेसका नेताहरु पनि देउवालाई यो प्रदेशको मुख्यमन्त्री नछोड्न सुझाव दिएका छन् ।

एकल बहुमत रहेको एमालेबाट मुख्यमन्त्री बनेकी शाक्य पार्टी विभाजन भएर १३ जना सांसद नवगठित नेकपा ९एकीकृत समाजवादी० मा गएसँगै अल्पमतमा परेकी थिइन् । साना दलसँगको सहकार्यमा पनि शाक्य नेतृत्वको सरकार नजोगिने निश्चित भएपछि विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन तयारी थालेका हुन् ।

भावी मुख्यमन्त्री बन्ने दौडमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे छन् । मुख्यमन्त्री बन्न दुई नेताबीच रस्साकसी चलिरहेको अवस्थामा माओवादी केन्द्र भने मौन छ । बानियाँ प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र हुन् भने पाण्डे पूर्वप्रधानमन्त्री माधवकुमार नेपालनिकट मानिन्छन् ।

बानियाँ र पाण्डे मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गर्दै केन्द्रीय नेतृत्व रिझाउन अहिले काठमाडौंमै छन् । बानियाँलाई मुख्यमन्त्री बनाएर अगाडि बढ्दा सहज हुने भन्दै माओवादीले पनि उनकै पक्षमा लबिइङ गरिरहेको बुझिएको छ । वाग्मतीमा पार्टी विभाजनपछि पनि एमाले ठूलो दल रहेको अवस्थामा त्यसबाट टुक्रिएर बनेको एकीकृत समाजवादीका नेता पाण्डेलाई मुख्यमन्त्री बनाउनुपर्ने तर्क पनि प्रस्तुत भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *