मेटमणि चौधरी पर्यटन र प्रेम आले मन्त्री बन्ने पक्का !

मेटमणि चौधरी पर्यटन र प्रेम आले मन्त्री बन्ने पक्का !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिनेगरि तयारी गरेपछि सत्ता गठबन्धनमा आवद्ध दलले पनि आफ्नो पार्टीको भागमा परेका मन्त्रालयमा कसलाई मन्त्री बनाएर पठाने भनेर गृहकार्य थालेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीले ६ वटा मन्त्रालय पाउने भएको छ ।

प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पछिल्लो समय भएको छलफलमा कुन मन्त्रालय कुन पार्टीको भागमा भनेर पनि सहमति भैसकेको छ ।

सोहीअनुसार माधव नेपालले सरकारमा पठाउनको लागि पार्टीभित्र मन्त्री छान्ने गृहकार्य थालेका छन् ।नेकपा (एकीकृत समाजवादी) निकट उच्च स्रोतकाअनुसार माधव नेपालले अहिलेसम्म दुई जनाको नाम भने मन्त्रीमा फाईनल गरिसकेका छन् ।

एक जना मेटमणि चौधरी र अर्को प्रमे आले । चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पठाउने र आलेलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा पठाउने निर्णय गरेका छन् ।

अध्यक्ष नेपालले चौधरीलाई राम्रो मन्त्रालयमा पठाउन लागेका छन् । यसमा चौधरी पनि खुशी नै छन् ।पर्यटन मन्त्रालयमा राम्रो मान्छे पठाउनुपर्ने सत्तापक्षीय गठबन्धनका नेताहरुको पनि आवाज भएकोले अध्यक्ष नेपालले उनलाई पर्यटनमन्त्री बनाउन लागेका हुन् ।उच्च स्रोतकाअनुसार भोलि शुक्रबारसम्म सबै पार्टीबाट मन्त्रीहरुको नाम तय गरिसक्ने र सम्भवतः आईतबार वा सोमबारसम्म सरकारलाई पूर्णता दिने प्रधानमन्त्री देउवाको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *