साँसदहरुको लाईन माधव नेपालको समाजबादीमा, आजको मितिसम्म एमाले छाड्ने यति धेरै देखिए…

साँसदहरुको लाईन माधव नेपालको समाजबादीमा, आजको मितिसम्म एमाले छाड्ने यति धेरै देखिए…

काठमाडौँ ।बिहीबारसम्म गण्डकी प्रदेशबाहेक ६ वटा प्रदेशका ४७ जना एमाले सांसद्ले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १२ सांसद् एकीकृत समाजवादीमा गएका छन् ।

बागमती प्रदेशसभामा एमालेका ५६ जना सांसद् निर्वाचित भएका थिए । कोरोना भाइरस संक्रमणबाट दोलखाका सांसद् पशुपति चौलागाईंको निधन भएको थियो । बाँकी ५५ जनामध्ये १२ जना नयाँ पार्टीमा लागेका हुन् ।

एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने सांसद्हरुमा राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, बसन्त मानन्धर, लक्ष्मण लम्साल, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, रमा आले मगर, कृष्ण खनाल र कुसुमकुमार कार्की रहेका छन् ।

प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसद् नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन् । प्रदेश २ निर्वाचन कार्यालयमा बिहीबार १० जनाले भौतिक रुपमा र एकजनाले पत्रमार्फत एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

प्रदेश सांसद्हरुमा शत्रुधन महतो, मञ्जु यादव, चन्द्रसेनप्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिम खातुन, अशोक यादव र प्रमोद यादवले समाजवादी रोजेका हुन् ।

पत्रमार्फत भारतको दिल्लीमा उपचाररत डिल्ली उप्रेतीले सनाखत गराएको प्रदेश सांसद् शत्रुधन महतोले जानकारी दिए । विशेष कामले काठमाडौंमा रहेका सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने उनले बताए ।

प्रदेश दुईमा एमालेका २१ सांसद् छन् ।
त्यस्तै, प्रदेश नम्बर १ मा पनि १० सांसद्ले नयाँ पार्टी रोजेका छन् । नयाँ पार्टीमा सनाखत गर्ने सांसद्हरुमा राजेन्द्र राई, राजन राई, गणेश काम्बाङ, उपेन्द्र धिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा रहेका छन् । अझै पाँचदेखि सात जनासँग सल्लाह भइरहेको सांसद् राजेन्द्र राईले बताए ।

एमालेका ५१ सांसदमध्ये गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । बाँकी रहेका ५० जना सांसदमध्ये १० जना समाजवादीमा संगठित भएपछि एमाले ४० सांसदमा सीमित बनेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेका २४ सांसद् निर्वाचित थिए । तीमध्ये १० जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । अझै नयाँ पार्टीमा आउने एकीकृत समाजवादीकी नेतृ पूर्णा जोशीले बताइन् ।

एकीकृत समाजवादीमा सनाखत गर्ने सांसद्हरुमा मन्त्री पूर्णा जोशीसहित सुनकुमारी चौधरी, मनाकुमारी साउद, कुलबीर चौधरी, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, अमर साउद, दुर्गा विक, माया भट्ट र लालबहादुर खड्का छन् ।

यसैगरी कर्णाली प्रदेशका ३ जना सांसद नयाँ पार्टीमा गएका छन् । सांसद् देवी ओली, चन्द्रबहादुर शाही र पदमबहादुर रोकायाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

कर्णाली प्रदेशमा एमालेका २० सांसद् निर्वाचित थिए । तीमध्ये माधवकुमार नेपाल पक्षका ४ जना सांसद्लाई अध्यक्ष ओलीले कारबाही गरेका थिए । बाँकी १६ जनामध्ये ३ जनाले पनि नयाँ पार्टी राजेपछि एमालेमा १३ जना सांसद् रहेका छन् ।

लुम्बिनीमा भने एमालेका एक सांसद्ले मात्रै नयाँ पार्टी रोजेका छन् । उपसभामुख रमा घर्तीमगरले एकीकृत समाजवादीमा सनाखत गरेकी हुन् ।त्यस्तै, गण्डकी प्रदेशका सांसद् अहिलेसम्म खुलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *