एमाले अध्यक्ष ओलीले खोले ‘आफू झण्डै मारिएको’ रहस्य !

एमाले अध्यक्ष ओलीले खोले ‘आफू झण्डै मारिएको’ रहस्य !

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू झण्डै मारिन पुगेको बताएका छन् । आज आफ्नै गृहजिल्ला झापामा भएको कार्यकर्ता भेलामा उनले यस्तो रहस्य खोलेका हुन् ।

उनले झापा पुगेर आफ्नै छेउबाट गोली गएको रहस्य खोलेका छन् । सुखानी हत्याकाण्ड सम्झदै उनले झापामा आज भने, ‘मैंले आफै भोगेको छु यताबाट पनि गोली गयो यताबाट पनि गोली गयो ।’ आफ्नै झण्डै मारिन पुगेको भन्दै बाँचेर अहिलेको अवस्थामा आएको बताए ।

ओलीले बलिदानीका लागि जहिल्यै पनि एमाले कार्यकर्ता तयार रहने बताए । उनले एमाले कार्यकर्तालाई इमानका साथ आवश्यक पर्दा बलिदानीका लागि तयार हुन भने ।२०२९ साल फागुन २१ गते झापबाट इलाम जेल सार्ने बहानामा रामनाथ दाहाल,नेत्र घिमिरे, कृष्ण कुंइकेल, विरेन राजवंसी र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा गोली हानी हत्या गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *