आज एक दिनका लागी गाउँपालिका अध्यक्ष बन्दै यी १६ बर्षीय बालिका

आज एक दिनका लागी गाउँपालिका अध्यक्ष बन्दै यी १६ बर्षीय बालिका

मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव आज एक दिनको लागि गाउँपालिका अध्यक्ष बनेकी छन् ।उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिका प्रमुख बनाउन लागिएको हो । उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका प्रमुखले गर्ने सबै काम गर्ने जनाईएको छ।

राष्ट्रिय बालअधिकार परिषद् प्रदेश १का अनुसार स्थानीय सरकार र सरकारले गर्ने काम कारबाहीबारे बालबालिकालाई जानकारी गराउन उनलाई एक दिने गाउँपालिका प्रमुख बनाउन लागिएको हो ।

गाउँ कार्यपालिकाले सोमबार बैठक बसी बाल दिवसका दिन गाउँपालिकाभित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकारबाहेक सांकेतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *