सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले किन गर्‍यो बहिष्कार ?

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले किन गर्‍यो बहिष्कार ?

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ । आज दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बोलाएको सर्वदलीय बैठकलाई एमालेले बहिस्कार गर्ने भएको हो ।

सिंहदरवारमा उपस्थित भएर सभामुखलाई बैठकमा सहभागी नहुने जानकारी गराउन एमाले प्रमुख सचेतक विशाल भट्टराईले समय माग गरे पनि सापकोटाले सिंहदवार नआउने भनेपछि टेलिफोनबाटै बैठकमा आउन नसक्ने जानकारी गराइएको हो ।

‘सिंहदवारमा भेटेर बैठकमा आउन नसक्ने जानकारी गराउने भन्ने थियो । तर सभामुखले सिंहदरवारमा नआउने भनेपछि टेलिफोनबाटै बैठकमा उपस्थित नहुने जानकारी गराइएको छ,’ अध्यक्ष ओलीनिकट एक नेताले भने ।

ती नेताकाअनुसार सर्वदलीय बैठकमा दलको नेताका हैसियतमा पूर्वएमाले वरिष्ठ नेता माधव नेपाल समूहलाई बोलाइएको भन्दै एमालेले आपत्ति जनाएको हो ।

माधव नेपालसहित कारवाही गरिसकेका १४ जनाले संसदमा वैधानिकता नपाउने जिकिर गर्दै आएको एमालेले उनीहरुलाई उपस्थित गराएको भनेर संसदसमेत अवरुद्ध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *