सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टको मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश !

सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टको मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश !

नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा आफूहरुको नाम अध्यावधिक गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका २ जना सांसद्‌हरुको हकमा तत्काल कुनै कारबाही प्रक्रिया अगाडि नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गर्दा निर्वाचन आयोगले सनाखतमा समावेश नगराएको भन्दै आयोगको उक्त निर्णयविरुद्ध एमाले सांसदहरु सोमप्रसाद पाण्डे र शारदा भट्ट सर्वोच्च अदालत पुगेका थिए।

पाण्डे र भट्टले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै आइतबार सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काको इजलासले उनीहरुको हकमा तत्काल कुनै कारबाही अगाडि नबढाउन भनेको हो।न्यायाधीश खड्काको इजलासले सो विषयमा छलफलका लागि दुवै पक्षलाई भदौ २९ बोलाउन भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *