आईन्दा संसद बैठकमा ‘हर्कत’ नदेखाउन सांसदहरुलाई एमाले पार्टी चेतावनी !

आईन्दा संसद बैठकमा ‘हर्कत’ नदेखाउन सांसदहरुलाई एमाले पार्टी चेतावनी !

काठमाडौं ।प्रतिपक्षको भुमिका भन्दै मर्यादितपालकको ढाडमा टेकेर सभामुखलाई माईकले हान्न खोज्दा ब्यापक आलोचना भएपछि प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना सांसदहरुलाई प्रतिनिधि सभाको बैठकमा हर्कत नदेखाउन चेतावनी दिएको छ ।

नेकपा एमालेले आफ्ना क्रियाकलापमा निगरानी राख्दै अशिष्ट गतिविधि नगर्न निर्देशन दिएको छ । शनिबार दिउँसो बसेको स्थायी कमिटीको बैठकमा संसदीय मूल्य मान्यताभित्र रहेर मर्यादित, शिष्ट ढंगले संसदमा विरोध जनाउन ध्यानकर्षण गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

उनले भने, ‘संसदमा हाम्रो विरोधको सीमा के हो रु हाम्रा माननीय साथीहरुलाई जानकारी गराउँछौँ । हाम्रो यो विरोध संसदीय मूल्य मान्यता अन्तर्गत छ, शिष्ट छ, मर्यादित छ ।

आजको बैठकले सम्पूर्ण माननीय सदस्यहरुलाई संसदीय मूल्यमान्यता र नेकपा एमालेले अवलम्बन गर्दै आएको मर्यादित र शिष्ट संस्कृतिभित्र बसेर विरोधलाई अघि बढाउनका निम्ति ध्यानाकर्षण गरेको छ।’

साथै, एमालेले पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले सत्तापक्षको प्रतिनिधि जस्तो बनेर भूमिका निर्वाह गरेकोमा उनले आपत्ति जनाए । यस विषयमा थप छलफल गर्नका लागि आइतबार दिउँसो १२ बजे संसदीय दलको बैठक बोलाइएको पनि उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *