एमालेले टुंगो लगायो विधान महाधिवेशनका प्रतिनिधि : क-कसले भाग लिन पाउछन ? (सूचीसहित )

एमालेले टुंगो लगायो विधान महाधिवेशनका प्रतिनिधि : क-कसले भाग लिन पाउछन ? (सूचीसहित )

काठमाडौं, भदौ २६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूको टुंगो लगाएको छ । आज बसेको स्थायी कमिटी बैठकले बिधान महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि रहने गरी अन्तिम टुंगो लगाएको हो ।

बैठकपछि एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईले सर्वसम्मत रुपमा बिधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको बताउनु भयो ।यी हुन विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिको सूची

१. केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य२. अनुशासन आयोगका पदाधिकारी र सदस्य३. लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य४. निर्वाचन आयोगका पदाधिकारी र सदस्य५. केन्द्रीय विभागका सचिवसहित १५ सदस्य६. सल्लाहकार परिषदका पदाधिकारी र सदस्य७. जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य

८. प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य९. विशेष कमिटीका पदाधिकारी र सदस्य१०. जिल्ला कमिटीका पदाधिकारी र सदस्य११. निर्वाचन क्षेत्रबाट महिला,दलित खुला एक सदस्य१२. जनसंगठनका पदाधिकारीमध्येबाट १० जना१३. पार्टी सदस्य रहेका संघीय संसदका सदस्य१४. पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य१५. एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख१६. एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनित

Leave a Reply

Your email address will not be published. Required fields are marked *