सत्तारुढ गठबन्धनको नाटक पर्दाफास, कुलमानले गरे एमसीसीअनुसार अन्तरदेशीय प्रशारण लाइन बनाउन भारतसँग सम्झौता

सत्तारुढ गठबन्धनको नाटक पर्दाफास, कुलमानले गरे एमसीसीअनुसार अन्तरदेशीय प्रशारण लाइन बनाउन भारतसँग सम्झौता

काठमाडौं, भदौ २६ । नेपाल र भारतबीच विद्युत व्यापारका लागि बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौता भएको छ । अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) मार्फत निर्माण हुने प्रसारण लाइनसँग जोडिने गरी यो संझौता भएको हो ।

नेपाल विद्युत प्राधिकरण र भारतको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरसेन अफ इन्डियाबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा बुधबार हस्ताक्षर भएको हो । संझौतापत्रमा नेपालको तर्फबाट बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पावर ग्रिडका तर्फबाट कार्यकारी निर्देशक वाई के दीक्षितले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषद्को गत साउन १९ गतेको बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत शेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

नेपालमा एमसीसी अन्तर्गत निर्माण हुने प्रसारण लाइन बुटवलमा यही अन्तरदेशीय प्रसारण लाइनमा जोडिनेछ । एमसीसी कार्यान्वयनका लागि भारतसँग अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई पूर्वशर्तका रूपमा राखिएको थियो । सोहीअनुसार देउवा सरकारले भारतसँग सहमति गरेको हो ।

सम्झौतामा हस्ताक्षरपछि प्रसारण लाइन अन्तर्गत भारततर्फको खण्ड निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको ५०-५० प्रतिशत संस्थापक सेयर रहने गरी संयुक्त कम्पनी स्थापना गर्न बाटो खुलेको कार्यकारी निर्देशिक घिसिङले बताउनु भएको छ । ‘सम्झौतामा हस्ताक्षर भएसँगै प्रबन्धपत्र, नियमावली तयार गरी कम्पनी स्थापना गर्न र प्रसारण सेवा सम्झौताका लागि अगाडि बढ्न बाटो खुलेको छ,

’ घिसिङले भन्नुभयो । उहाँले प्रसारण लाइन तीनदेखि साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढेको जानकारी पनि दिनुभयो बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको लम्बाइ १२० किलोमिटर रहेको छ । त्यसमध्ये नेपालतर्फ २० किलोमिटर पर्छ भने भारतर्फ १०० किलोमिटर पर्छ ।

नेपाल खण्डको प्रसारण लाइन नेपाल आफैंले र भारतर्फको प्राधिकरण र पावर ग्रिडको ५०–५० प्रतिशत शेयर स्वामित्वमा स्थापना हुने कम्पनीले निर्माण गर्नेछन । प्रसारण लाइनले करीब दुई हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्राधिकरणको भनाई छ । अहिले सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय ४०० केभी प्रसारण लाइनले भन्दा बुटवल–गोरखपुर प्रसारण लाइनले झण्डै दोब्बर क्षमतामा विद्युत् प्रवाह गर्न सक्ने बताइएको छ ।

नेपाल–भारत ऊर्जा सचिव तथा सहसचिवको संयन्त्रको २७–२८ असोज २०७६ मा भएको सातौं बैठकले प्रसारण लाइन निर्माणको लगानी स्वरूपलाई टुंगो लगाएको थियो। करीब ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा संयुक्त कम्पनीले २० प्रतिशत स्वपूँजीका रूपमा लगानी गर्ने र बाँकी रकम ऋण लिने सहमति छ ।

सत्तारुढ गठबन्धनका नेताहरु पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालले एमसीसीको बिरोध गरिरहेको र एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा रहेको बेला सरकारले एमसीसी परियोजनासँग जोडने प्रशारण लाइन संझौता गरेपछि सत्तारुढ गठबन्धनको नाटक सकिएको छ । बाहिर बिरोध गर्ने र भित्र एमसीसी पारित गर्ने सत्तारुढको खेल पनि कुलमानले गरेको यो संझौतासँगै पर्दाफास भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *