एमसीसी उपाध्यक्ष नेताको घरघरमा पुगेपछि भीम रावलले गरे यस्तो ट्वीट, रसाए सबै नेपालीका आँखा !(ट्वीटसहित)

एमसीसी उपाध्यक्ष नेताको घरघरमा पुगेपछि भीम रावलले गरे यस्तो ट्वीट, रसाए सबै नेपालीका आँखा !(ट्वीटसहित)

एमसीसी उपाध्यक्ष उपाध्यक्ष फातिमा जे सुमारले नेपालका नेताहरुलाई घरघरमै पुगेर भेटेकोप्रति भीम रावलले आपत्ति जनाएका छन् । उनले सबै नेपालीलाई भावुक बनाउने ट्वीट गरेका छन् । भर्खरै ट्वीट गर्दै रावलले विदेशीले नेताको घरघर पुगेर दबाब दिनु बिडम्बना भएको भन्दै नेताहरुलाई सदबुद्धि दिन नेपाल आमासँग अनुरोध गरेका छन्।

‘संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दबाब दिने,सरकार परिवर्तन हुनलाग्दा त्यस्तै हुने र हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर-घर पुगेर दबाब दिने,कस्तो विडम्बना, रावलले ट्वीटमा लेखेका छन्, हे आमा नेपालका नेताहरूलाई स्वाधीनता,स्वाभिमान र मर्यादाको सदबुद्धि देऊ !

उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको भेटवार्ताको पूर्वसन्ध्यामा एमसीसीको विरुद्धमा ट्वीट गरेका थिए । एमसीसी संसदबाट पास गर्ने विषयमा अहिले राजनीतिक दलमा चर्को विवाद छ। सत्ता गठबन्धन दल र विपक्षी एमाले भित्रै विरोध र समर्थन जारी छ। एमाले अध्यक्ष केपी शर्मा ओली लगायत अधिकांश नेता एमसीसी पास गर्ने पक्षमा छन्। एमालेकै उपाध्यक्ष भीम रावल एससीसीको कट्टर विरोधी हुन्।

रावलले लामो समय देनि एमसीसी नेपालको हितमा नरहेको बताउँदै आएका छन्। बिहीबार दिउँसो एमाले अध्यक्ष ओली र एमसीसी प्रतिनिधि मण्डलबीच बालकोटमा भेटवार्ता गरेका छन्। उपाध्यक्ष रावलले बुधबार अबेर सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै लेखेका थिए,‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरु पढियो।

यी दुवै पत्रहरु जनतालाई झुक्याएर सम्झौता संसदबार अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्। यी दुवै पत्रले नेपालको सार्वभौमिकता, स्वाधीनता, सुरक्षा, हित, संविधान र कानून विपरित सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन।’

एमसीसीकी उपाध्यक्ष सहितको प्रतिनिधि मण्डल बिहीबार बिहान मात्र नेपाल आएको हो। प्रतिपक्ष दलका नेता एवं एमाले अध्यक्ष ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार भेट गर्ने कार्यतालिका रहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *