एमसीसी पास गराउन फातिमा सुमार छापामार शैलीमा काठमाडौँ ओर्लदैं, समय गोप्य राखिनुको रहस्य के ?

एमसीसी पास गराउन फातिमा सुमार छापामार शैलीमा काठमाडौँ ओर्लदैं, समय गोप्य राखिनुको रहस्य के ?

बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन ९एमसिसी० की उपाध्यक्ष फातिमा सुमार बिहीबार बिहान छापामार शैलीमा काठमाडौँ आइपुग्ने भएकी छन्।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले सुमार बिहीबार बिहान काठमाडौँ आउने पुष्टि गरे। परराष्ट्रका ती उच्च अधिकारीका अनुसार सुमार कतारको दोहाबाट नेपाल आउन लागेकी हुन्।

एमसिसी परियोजनाबारे नेपालमा भइरहेको चर्को विरोधका कारण सुमार आउने समय भने गोप्य राखिएको छ। एक उच्च सुरक्षा अधिकारीका अनुसार सुमार बिहीबार बिहान काठमाडौँ ओर्लने भनिए पनि उनी ओर्लने समय भने सुरक्षा चुनौती तथा सम्भावित विरोध प्रदर्शनका कारण गोप्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *