रेशम चौधरीको रि’हा’ईका लागि पहल गर्न सरकार सहमत (सहमतिपत्रसहित)

काठमाडौं, १८ जेठ । टीकापुर घटनाका दोषी रेशम चौधरीलगायतलाई रि’हाको पहल गर्न सरकार सहमत भएको छ । एसएसपीसहित प्रहरी र एक बालकको समेत ज्या’न जानेगरी भएको घ’ट’नामा अदालतले दो’षी ठहर गरेका चौधरीको रिहाईका लागि सरकार कानुनी पहलका लागि सहमत भएका हो ।

आज सरकार र थारु कल्याणकारी सभा, थारुहट संयुक्त संघर्ष समितिबीच भएको सहमति अनुसार टीकापुर घ’टनाका आ’रो’पीहरु रेशमलाल चौधरी, लक्ष्मण चौधरी, धनीराम चौधरीलगायतमाथ लागेको सम्पूर्ण मु’द्दा फिर्ता र रिहाईका लागि सरकारले संविधान र कानुनसम्मत पहल र्गे सहमति भएको हो ।

६ बुँदे सहमतिमा सरकारका तर्फबाट कानुनमन्त्री तथा वार्ता टोलीका प्रमुख लिलानाथ श्रेष्ठ, प्रधानमन्त्रीका सल्लाकार राजन भट्टराई र एमाले नेता भगवती चौधरीले हस्ताक्षर गरेका छन् । थारु कल्याणकारी सभालगायतबाट रुकमिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *