सभामुखकै अगाडि सभामुख मुर्दावादको नारा लागेपछि झनक्क रिसाए सभामुख सापकोटा, त्यसपछि के भयो ?

सभामुखकै अगाडि सभामुख मुर्दावादको नारा लागेपछि झनक्क रिसाए सभामुख सापकोटा, त्यसपछि के भयो ?

नेकपा एमालेले आजको संसदको अधिवेशनको पहिलो बैठकमा सभामुखविरुद्ध नाराबाजी गरेका छन् । उनिहरुले सभामुखकै अगाडि सभामुख मुर्दावाद भन्दैं नाराबाजि गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आजका लागि आह्वान गरेको संसदको अधिवेशनको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको पत्र पढेर सुनाएका छन् । त्यसपपछि बैठकको सुरुवात गरेरसँगै एमालेले संसद्को बैठक अबरुद्ध पारेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद बैठकमा हंगामा मच्चाएको छ । एमाले सांसदहरू उठेर अवरोध गरेपछि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई समय दिएका थिए ।

उनले सरकारले दल फुटाउ अध्यादेश ल्याउनका लागि संसदको जारी अधिवेशन अन्त्य गरेको, एमाले फुटाउनका लागि दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेको र सभामुखले एमाले फुटाउनका लागि सारथीको भूमिका निर्वाह गरेको आरोप लगाउँदै त्यसको जवाफ नआउादासम्म संसदको बैठक चल्न नसक्ने बताएका थिए । त्यसपछि सभामुख बैठक १५ मिनेटका लागि स्थगित गरे ।

नारा लागेपछि सभामुख सापकोटा झनक्क रिसाएका छन् । आजको बैठकमा सभामुख अग्नी सापकोटा निकै अमर्यादित रुपमा प्रस्तुत भएका थिए । माइक नै फुट्ने गरि सभामुख चिच्चाएको दृश्य निकै भद्दा देखिन्थो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *