यी जिल्लाका निर्वाचित सबै सांसद र ४१ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा

यी जिल्लाका निर्वाचित सबै सांसद र ४१ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा

काठमाडौं ।नेकपा एमालेबाट निर्वाचित कञ्चनपुरका सबै चारै जना प्रदेश सभा सदस्यहरु नेकपा (एस) मा आवद्ध भएका छन् ।नेकपा (एस) मा लाग्नेमा कञ्चनपुर क्षेत्र नम्बर १ का प्रदेश सभा सदस्यहरु तारा लामा तामाङ, कुलवीर चौधरी क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित लालबहादुर खड्का र क्षेत्र नम्बर ३ को (क)बाट निर्वाचित प्रकाश रावल छन् ।

चौधरीले गत मंगलबार र अरु तीन जनाले आइतबार सनाखत गरेका हुन । कञ्चनपुर २ (क) र ३ को (ख) बाट माओवादी पक्षका प्रदेश सभा सदस्य निर्वाचित छन् ।

लामा एमालेका निर्वाचित अध्यक्ष तथा प्रदेश सभाका पूर्व प्रमुख सचेतक समेत हुन । खड्का अहिले प्रदेश सरकारका सामाजिक विकास मन्त्री छन् भने रावल प्रदेश सरकारका पूर्व राज्यमन्त्री हुन ।

एमाले त्यागेर डोल्पाका ४१ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा
काठमाडौं । डोल्पामा नेकपा एमाले छाडेर ४१ जना जनप्रतिनिधिहरूले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् ।सोमबार सामूहिक रूपमा जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरूले हस्ताक्षर गरेका हुन् ।

ठूलीभेरी नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीसहित आठ जना वडा अध्यक्ष, चार जना जिल्ला समन्वय समितिका सदस्य, १० जना वडा सदस्य, महिला सदस्य सात जना, दलित महिला सदस्य छ जना र कार्यपालिका सदस्य पाँच गरी जम्मा ४१ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।नेकपा एमालेको नेतृत्वले धोका दिएकाले एकीकृत सामाजवादी रोज्नुपरेको ठूलीभेरी नगरपालिकाका नगर प्रमुख शाहीले बताए ।

जिल्ला निर्वाचन कार्यालयमा एकीकृत समाजवादीमा हस्ताक्षर गर्नेमा ठूलीभेरी नगरपालिकाका ३६ जना, जगदुल्ला गाउँपालिकाका तीन जना, मुड्केचुला गाउँपालिकाका एक जना र त्रिपुरासुन्दरी नगरपालिकाका एक जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *