आजै सपथ खुवाईदै, माधव नेपालको पार्टीबाट मन्त्री बन्नेको नाम टुंगियो, को–को हुन् ६ जना ?

आजै सपथ खुवाईदै, माधव नेपालको पार्टीबाट मन्त्री बन्नेको नाम टुंगियो, को–को हुन् ६ जना ?

६ वटा मन्त्री र एक राज्यमन्त्री पाउने बताएको एकिकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै भएकोले टुंगो लागिसकेका नेताहरुको नाम सार्वजनिक नगरिएको पार्टी श्रोतले बताएको छ । मन्त्री बन्ने ६ जना नेताको नाम टुंग्याएर राज्यमन्त्री बन्ने एक जनाको मात्रै विकल्प रहेको बताइएको छ ।

गठबन्धन सरकारमा एकिकृत समाजवादीले कुन–कुन मन्त्रालय पाउने भन्ने पक्का नभएकोले मन्त्रीहरुको बरियता के हुने भन्ने एकिकृत समाजवादीले टुंग्याउन सकेको छैन ।हाल मन्त्री बन्ने पक्का गरिएका भनिएका नामहरुमा जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, किसान श्रेष्ठ र प्रेम आले रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको जिम्मेवारी सम्हालि सकेका श्रेष्ठ काठमाडौंको क्षेत्र नं. ८ बाट विजयी सांसद हुन् भने खतिवडा मकवानपुर जिल्लाको क्षेत्र नं. २ बाट विजयी सांसद हुन् । चौधरी दाङबाट, श्रेष्ठ तनहुँबाट र आले डोटीबाट निर्वाचित सांसद हुन् भने विद्यार्थी राजनीतिमा योगदान भएकी झाँक्री समानुपातिक सांसद हुन् ।

केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका आले आफूलाइै ओलीले रातारात मन्त्रीबाट हटाएको भन्दै आक्रोशित थिए । ओली निकट रहेका आलेले प्रधानमनत्री शेर बहादुर देउवाले संसदबाट विश्वासको मत लिदा ओली क्याम्प छोडेका थिए ।

ओलीकै निकटमा रहेका किसान श्रेष्ठ माथी अघिल्लो वर्ष महेश बस्नेत र सर्वेन्द्र खनालको साथमा लागेर जनता समाजवादीका सांसद अपहरण गरेको आरोप समेत लागेको थियो । ओली इतरका नेताहरुको चर्को आलोचना गर्ने उनी पनि हाल क्याम्प परिवर्तन गरेर मन्त्री बन्ने लाइनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *