घिसिङमाथि खनिए अध्यक्ष ओली, नक्कली भएको संज्ञासहित लगाए गम्भीर आरोप

घिसिङमाथि खनिए अध्यक्ष ओली, नक्कली भएको संज्ञासहित लगाए गम्भीर आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युक्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गम्भीर आरोप लगाउनु भएको छ ।

निर्देशक घिसिङलाई लक्षित गर्दै ओलीले नक्कली विद्युत् ट्रान्सर्फमर किनेको आरोप लगाउनु भएको हो ।सोमबार पोखरामा भएको पार्टीको कार्यकर्ता भेलामा बोल्दै ओलीले यस्तो बयान दिनुभयो ।उहाँका अनुसार घिसिङले नक्कली ट्रान्सर्फमर किनेकाले ट्रान्सफर्मरहरु थन्किएका छन् ।

त्यस्तो व्यक्तिलाई सरकारले खोजी–खोजी पुनः ल्याएको उहाँको भनाई रहेको छ ।कार्यक्रममा बोल्दै उहाँले एमाले आउनुअघि ल्याएको नक्कली ट्रान्सफर्मरको हेटौंडामा अहिले शहर नै भएको दावा गर्नुभयो ।पैसा हालेर किनेको भए पनि काम नलागेर तन्काएर राखिएको उहाँले उल्लेख गर्नुभएको हो ।

धेरै बिगाह जमिनमा ट्रान्सर्फमरै ट्रान्सफर्मर भएको अध्यक्ष ओलीको जिकिर छ ।कुलमान घिसिङलाई प्राधिकरणमा नियुक्त गरिएको र प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई अन्यत्रै नियुक्त गरिएकोप्रति ओलीले असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

ओलीले अहिलेको सरकार बहादुर भएको भन्दै नक्कली काम गर्ने मान्छेलाई खोजी खोजी–खोजी फिर्ता ल्याएको भन्दै कटाक्ष गर्नु भएको हो ।उहाँका अनुसार सहज ढंगले त्यस ठाउँमा हकका साथ पुगेको मान्छेलाई गैरकानुनी ढंगले विस्थापित गरियो ।तर अध्यक्ष ओलीको आरोपलाई प्राधिकरणको हेटौंडास्थित केन्द्रिय भण्डारले भने ओलीको भनाइ तथ्यमा आधारित नभएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *