दर्जन बढी पार्टी फुटाउन मेनरोल खेलेका प्रचण्ड यो गठबन्धन भत्काउन यतिसम्म गरिरहेको खुलासा, बालुवाटार पुग्यो सूचना !

दर्जन बढी पार्टी फुटाउन मेनरोल खेलेका प्रचण्ड यो गठबन्धन भत्काउन यतिसम्म गरिरहेको खुलासा, बालुवाटार पुग्यो सूचना !

दर्जन बढी पार्टी फुटाउन मेनरोल खेलेको आरोप लागेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्तमान सत्तारुढ गठबन्धन नै फुटाउन लागेको खुलासा भएको छ । ‘प्रचण्ड’ले प्रधानमन्त्री शेर बहादुर देउवासँग सल्लाह नै नगरी एमसीसी पास नहुने सार्वजनिक घोषणा गरेपछि उनी गठबन्धन फुटाउन लागि परेको कुरालाई बल पुगेको हो ।

बालुवाटार निकट स्रोतका अनुसार प्रचण्ड र नेपाल पछिल्लो समय भित्रभित्रै सरकारविरुद्ध लागेका छन् । मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल ९वाईसीएल० को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन’, प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो,‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन ।’

त्यस्तै प्रचण्डले माओवादी केन्द्र पनि संसदवादमा फस्दै गएको भन्दै संसदवादले राम्रो नगरेको बताए । प्रचण्डले वाईसीएललाई संसदवादमा नफस्न निर्देशन दिँदै फौजी संरचना भएकाले एकीकृत र एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

उनले अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनसँगै पार्टीले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने भएकाले त्यसका लागि तयार रहेर बस्न आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *