माधव नेपालका कारण प्रचण्डको सपना चकनाचुर

माधव नेपालका कारण प्रचण्डको सपना चकनाचुर

काठमाडौँ – नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारण माओवादीलाई ठूलो घाटा भएको छ । एमाले फुटाउन जोडबल गरेका प्रचण्डले आफूलाई नै घाटा लागेपछि तनावको सामना गर्न बाहेक केही विकल्प छैन् ।

मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका बेलामा प्रचण्डलाई तनाव थपिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्सी (बुधबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत पूर्णता दिन नसकेको भनेर आलोचना भैरहेको थियो । तर, गठबन्धनमा आवद्ध दलका नेताहरुसँग सहमतिमा प्रधानमन्त्री देउवाले यही बुधबार सरकारलाई पूणर्ता दिने भएका हुन् ।

मन्त्रालयको भागबण्डासमेत भैसकेको छ । कांग्रेसले ८ मन्त्रालय पाउने भएको छ भने नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले ६÷६ वटा मन्त्रालय पाउने भएका छन् ।

माओवादीभित्र मन्त्रीकै लागि अहिले रडाको मच्चिरहेको छ । माधव नेपालको पार्टी र माओवादीले समान मन्त्री पाउदा माओवादीभित्र नारायणकाजी लगायतका नेताहरुले मन्त्री नबनाईए पार्टी फुटाउने सम्मको चेतावनी दिएका छन् ।

२३ सांसद रहेको समाजवादी पार्टी र ४९ सांसद रहेको माओवादीलाई बराबर मन्त्रालय भागमा परेका भन्दै माओवादीमा लफडा भएको हो । ६ वटा मन्त्रालयले पार्टीका सबै नेताको चित्त बुझाउन नसकिने भएपछि प्रचण्डलाई तनाव भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का सचिवालय सदस्य डा। विजय पौडेलले मन्त्रिपरिषद् विस्तार अब ढिलो नहुने बताए । उनले भने,‘भोलि सबै कुरा टुँगो लगाउने कार्यक्रम छ ।

यसबारेमा हामी भोलि फेरि बस्छौं । मलाई लाग्छ, पर्सी मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ पछिल्लो समय गठबन्धनमा आवद्ध दलहरुबीच खटपट सुरु भएको भन्ने चर्चा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *