दौरा सुरुवाल सिलाएर बसेका सांसदहरुको बिचल्ली !

दौरा सुरुवाल सिलाएर बसेका सांसदहरुको बिचल्ली !

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्छु भन्दा भन्दै डेढ महिना बितिसक्यो तर अझै एक हप्ता भित्र मात्र मन्त्रीपरिषद विस्तार हुने भएको छ ।

मन्त्रीपरिषद विस्तार हुने भनेर हरेक दिन सांसदहरु शिर्ष नेताहरुको घर धाउने चहल पहल बढेको थियो तर अहिले प्रधानमन्त्री देउवाले तत्काल मन्त्रीपरिषद विस्तार नगर्ने भनेपछि अहिले मन्त्री बन्ने आकांक्षा बोकेका सांसदहरु मौन छन् ।

शिर्ष नेताहरुलाई समेत अहिले केहि दिन राहत भएको छ । मन्त्रीपरिषद विस्तार ढिलाई हुँदा बढि तनाव केहि सांसदहरुलाई भएको छ जसको नाम मन्त्री बन्ने फाइनल लिष्टमा परेको थियो ।

माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका केहि सांसदहरु अहिले तनावमा छन् । प्रचण्डले सार्वजनिक कार्यक्रम मै माधव नेपालको पार्टी दर्ता भएको दुई दिन भित्रै मन्त्रीपरिषद विस्तार गर्ने घोषणा नै गरेका थिए तर अहिले दुई हप्ता बित्न लाग्दा समेत मन्त्रीपरिषद विस्तारको टुंगो नलागेपछि मन्त्री बन्ने पक्का भएका संसदहरु अहिले बिचल्ली परेका छन् ।

मन्त्री बन्ने पक्का भएका केहि सांसदहरु सपथ ग्रहणमा लाउन नयाँ दौरा सुरुवाल सिलाएर समेत बसेका छन् । नेकपा एकीकृत समाजवादीका केहि सांसदहरु पहिलो पल्ट मन्त्री बन्न लागेकाले झन् उत्साहित भएर दौरा सुरुवाल सिलाएर बसेका थिए तर अहिले नेपालको राजनीतिमा हरेक दिन नयाँ ट्विष्ट आउने गरेकोले आफ्नो पक्का भएको मन्त्री खुस्किने हो कि भनेर बिचल्ली परेका छन् ।

माओवादी केन्द्रमा पनि भागबण्डा मिलाउन हम्मे हम्मे परेकोले मन्त्री बन्ने सांसदहरुको फाइनल लिष्टमा अध्यक्ष प्रचण्डले फेरबदल गर्न सक्ने भएकाले माओवादी केन्द्रका संसदहरु तनाव मै छन् । प्रचण्डले आफ्नो राजनीति सुरक्षित राख्न लिष्ट फेरबदल गर्दा आफ्नो नाम पनि पर्ने हो कि भनेर सांसदहरु ढुकढुक गर्दै दिन गनिरहेका छन् ।

माधव नेपाललाई नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा केपी ओलीको साथ छोडेर एमालेबाट आफ्नो पार्टीमा आएकाहरुलाई फकाउनु छ साथै आफूलाई विद्रोह गर्ने क्रममा साथ दिएका सांसदहरुको पनि मन राख्नु छ । सबैलाई मनाउन र मन राख्न अहिले माधव नेपालले मन्त्री पद दिनु छ तर हातमा भने जम्मा ६ वटा मन्त्रालय छ । वामदेव गौतमले एमाले परित्याग गरे तर बार्गेनिंग अझै गर्दैछन् ।

माधव नेपालले कत्तै वामदेव गौतमलाई साथ लिन मन्त्री बन्ने सांसदहरुको फाइनल लिष्ट फेरबदल गर्ने हुन् कि भनेर नेकपा एकीकृत समाजवादीका सांसदहरु तनावमा छन् । अझै केहि सांसदहरु त पहिलो पल्ट मन्त्री बन्ने आशमा रहेका छन् तर माधव नेपालले पार्टी बलियो बनाउन आफ्नो नाम हटाउने हुन् कि भनेर बिचल्लीमा छन् । https://canadanepal.com/ बाट साभार गरीएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *