एमसीसी पेश गर्नु अघिनै सभामुख अस्ट्रिया जाने , देउवाले गरे यस्तो चतुर्याई !

एमसीसी पेश गर्नु अघिनै सभामुख अस्ट्रिया जाने , देउवाले गरे यस्तो चतुर्याई !

काठमाडौं । सभामुखहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि सभामुख अग्नी प्रसाद सापकोटा भदौ २० गते अष्ट्रिया जाने भएका छन् ।यता शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरे अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २३ भदौ बुधबार दिउँसो ४ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् ।

दुबै कार्यक्रमलाई तुलना गरेर हेर्दा सभामूख देश बाहिर रहेको बेला संसद अधिवेशनमा एमसीसी टेबल गर्न सहज हुन्छ भन्ने रणनीति अन्तर्गत रहेर हतार हतार भदौ २३ गतेलाई संसद अधिवेशन डाकिएको त हैन भन्ने आशंका पैदा भएको छ ।

सभामुख सापकोटा अष्ट्रियाको राजधानी भियना जान लागेका हुन् । उनी भदौ २१ गते बिहान अष्ट्रिया जानेछन् भने भदौ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको संसद् सचिवालयले दुई दिन अघि जनाएको सञ्चारमाध्यममा समाचार आएको छ ।सभामुख सापकोटा इन्टर पार्लियामेन्टरी युनियनले भियनामा आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि त्यसतर्फ जान लागेको बताइएको छ ।

उपसभामुखको निर्वाचन भएको छैन् । सभामुख नभएको बेला संसदको अध्यक्षता गर्ने भनी यस अघिको संसद अधिवेशनमा केही सांसदहरुको नाम पारित गरिएको थियो । ती पारित नाममध्ये एमसीसीका समर्थकहरु पनि रहेका छन् ।

ती समर्थक सांसदहरु मध्ये कसैलाई संसद सञ्चालन गर्न लगाएर एमसीसी टेबल हुने हो या देशको आवश्यकतालाई हेरेर सभामुख सापकोटाले आफ्नो अष्ट्रिया जाने कार्यक्रम रद्ध गर्ने हुन हेर्न बाँकी छ ।

सभामुखले एमसीसी कुनैपनि हालतमा संसदमा टेबल हुन नदिने बताइरहेको बेला उनलाई अन्यत्र पठाएर नाटकीय ढङ्गले एमसीसी टेबल हुने योजना बन्न सक्छ भनेर यसअघि छिटफुट रुपमा चर्चा चलेको थियो ।सिंगो नेकपा माओवादी केन्द्र र सभामुख सापकोटाले योजनाबद्ध रुपमै यो परिपञ्च मिलाएका हुन कि होइन भन्ने कुरा सभामुखको अबको कदमले प्रष्ट्याउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *