मन्त्रीको लिष्ट बोकेर बालुवाटार पुगेका माधव नेपाल देउबाको एस्तो जवाफ सुनेर रित्तो हात घर फर्किए

मन्त्रीको लिष्ट बोकेर बालुवाटार पुगेका माधव नेपाल देउबाको एस्तो जवाफ सुनेर रित्तो हात घर फर्किए

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल मन्त्रीको लिष्ट बोकेर बालुवाटार छिरेको खुलासा भएको छ । उनले केही सांसद र केही गैरसांसदको लिष्ट बोलेर बालुवाटार पुगेका हुन् ।

पार्टी अध्यक्ष विधि र पद्धतीमा नचलेको भनेर विरोध गर्दै नेकपा एमाले विभाजन गराएर नयाँ पार्टी बनाएका नेपालले विधी र पद्धतीको धज्जी उडाउँदै आफ्ना संधीलाई मन्त्रीको लिष्टमा घुसाएर ल्याएपछि प्रधानमन्त्री शेरबहादुर टेउवा रिसले चुर भएका छन् ।

पद र कुर्सी स्वार्थकै लागि पार्टी फुटाएको भन्ने आरोप लागेका माधव नेपालले आफ्ना संधी नाता पर्ने बरिष्ठ अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री मनाउन बालुवाटार पुगेका थिए । देउवाले गैरसांसदलाई मन्त्री बनाउन सकिदैन भन्दै हप्काएर फर्काएका छन् ।

संविधानले सांसद नभएको मान्छे ६ महिना भन्दा बढि समय मन्त्री बन्न नपाउँने भनेको छ । संविधानविदहरुका अनुसार कुनै विशेष परिस्थति त्यसमा पनि ६ महिनामा कोही मान्छे सांसद बन्न सक्ने आधार देखिएमा मात्र मन्त्री बन्न सक्ने व्यवस्था छ । तर यहाँ त हाकाहाकी वकिललनै संविधान मिचेर मन्त्री बन्न खोजेका छन् ।

हिजो केपी ओलीले जे जे गरे भनेर माधव नेपालले एमालेमा भाँडभैलो गरेका थिए आज पार्टी फुटाएर एकल अध्यक्ष बनेपछि उनले त्यो भन्दा चर्को बनेर निस्किएका छन् । एक व्यक्ति एक पदको कुरा गरेर घोक्रो सुकाउँने तिनै माधव नेपाल अहिले पार्टी अध्यक्ष , संसदीय दलको नेता सबै बनेर बसेका छन् ।

नेकपा एसको कोटाबाट अधिवक्ता बन्दी मन्त्री बन्ने लगभग पक्का भएको छ । देउवाले नमाने पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दवावका कारण उनी मनन्ी बन्ने पक्का जस्तै छ । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि सत्तारुढ गठबन्धनले यो प्रक्रियामा लामो समय काम गरेका बन्दीलाई नाटकीय फेरबदल भएन भने मन्त्री बनाउन लागेको स्रोतले जनाएको हो ।

बन्दीलाई यसअघि केपी ओली सरकारका पालामा सत्य निरुपण आयोगको अध्यक्ष बनाउन खोजिएको थियो । तर तत्कालीन नेकपाका अध्यक्ष प्रचण्डले नमानेका कारण गणेशदत्त भट्टको नाममा सहमति जुटेको थियो ।

अ‍ोलीले त्यसबेला नेकपाका अध्यक्ष प्रचण्ड र विपक्षी दलका नेता शेरवहादुर देउवालाई सँगै राखेर युद्धकालीन मुद्दाहरु तपाईहरुसँग जोडिएका छन्, तपाईहरुले जो भन्नुहुन्छ उसैलाई अध्यक्ष बनाउँछु भनेका थिए ।

बन्दीले माओवादी नेताहरुलाई अप्ठेरो पर्ने खालका द्धन्द्धकालीन मुद्दाहरु अदालतमा लगेका कारण प्रचण्डले उनीसँग कम्फरटेबल महशुस गरेका थिएनन् । तर पछिल्लो समय दुवै संसद विघटनका मुद्दामा बन्दीले ओलीविरुद्ध अदालतभित्र र बाहिर माहौल सिर्जना गरेकाले प्रचण्ड पनि उनीसँग प्रभावित भएका छन् ।

माधव नेपालसँग पारिवारिक नातासमेत रहेका बन्दीलाई ६ महिना मन्त्री बनाएर शान्ति प्रक्रियालाई टुंग्याउन सत्ता गठबन्धनका नेताहरु सहमत भएको बताइन्छ । माधव नेपालका सम्धी सोमप्रसाद पाण्डे र गोविन्द बन्दी साँढु दाइ साँढु भाइ हुन् । बन्दीलाई सरकारमा सहभागी गराइयो भने उनी कानूनमन्त्री बन्नेछन् ।

नेकपा एमाले विभाजन हुनुभन्दा अगाडि नै माधवकुमार नेपालले सत्तारुढ गठबन्धनका नेताहरुलाई एकजना कानूनी पृष्ठभूमिका गैरसांसदलाई मन्त्री बनाउन आग्रह गरेका थिए ।

कांग्रेस पदाधिकारीको अनौपचारिक छलफलमा प्रधानमन्त्री शेरवहादुर देउवाले ‘माधवजीले संसद बाहिर रहेका एकजना कानूनवीदलाई मन्त्री बनाउनुपर्यो भन्नुभएको छ’ भनेर सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *