कुलमानको आज भाग्य फैसला हुदैं

कुलमानको आज भाग्य फैसला हुदैं

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज दुई महत्वपूर्ण रिट आफ्नो एकल इजलासमा राखेका छन् । नेपाली काँग्रेसको महाधिवेशन र कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिट उनले आफ्नो एकल इजलासमा राखेका हुन् ।

काँग्रेसको १४औं महाधिवेशन कोरोना भाइरसको महामारीका बेलामा गर्न लागेको भन्दै नरोत्तम वैद्यले रिट निवेदन दर्ता गरेका थिए । २५ जनाभन्दा बढी जम्मा हुन नहुने सरकारको निर्देशन विपरित अधिवेशन हुन लागेको भन्दै रोक्न रिटमा माग गरिएको छ । आजका लागि पेशी तोकिएको छ ।

यसैगरी, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको भाग्य फैसला हुन सक्नेछ । उनको नियुक्तिको खारेजको माग गर्दै परेको रिट पनि प्रधान न्यायाधीश जबराको एकल इजलासमा राखिएको छ । ३२ साउनमा निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *