परमादेश सरकारको लाजमर्दो हर्कत छताछुल्ल, अब खाने भयो जनताको हातबाट नमिठो धक्का

परमादेश सरकारको लाजमर्दो हर्कत छताछुल्ल, अब खाने भयो जनताको हातबाट नमिठो धक्का

आफुलाई लोकतन्त्रको सबैभन्दा ठूलो पहरेदार सम्झने परमादेश बाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले जनतालाई तर्साउँन खोज्दा आफैँले नमिठो धक्का खाएको छ ।

एमसीसको विरोध गर्नेलाई जेल हाल्ने सम्मको धम्की दिँदै गृहमन्त्रालयले विज्ञप्ती जारी गरे पछि एमसीसी विरोधीहरु जुरुक्कै उठेका छन् । उनीहरुले गिरफ्तार गरेर देखाउँन देउवा सरकारलाई खुलमखुल्ला चेतावनी दिएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष भिम रावल देखी नेपाली सेनाका पूर्व जर्नेल प्रेम सिंह बस्नेत सम्मले आफुलाई पक्राउ गरेर देखाउँन देउवा सरकारलाई ठाडो चुनौती दिएका छन् । देउवा सरकारले तर्साउँनलाई फालेको कार्ड अहिले आफैँलाई गलपासो भएको छ ।

एमसीसीको विरोध गर्नेहरु डराउँछन् होला भनेर गृहमन्त्रालयले जारी गरेको विज्ञप्ती उनीहरु झन् उग्र भएर निस्कीए पछि देउवा सरकार हिस्स भएको छ । बरु सरकारको कदमले एमसीसी विराधीहरुलाई थप एकतावद्ध हुँदै सशक्त प्रतिवाद गर्नका लागी सजिलो हुने अनुमान गरिएको छ ।

गृह मन्त्रालयले विदेशी राष्ट्रहरुको सहयोगमा सञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्न चेतावनी दिएको छ ।शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा विदेशी मित्रराष्ट्र, विदेशी नागरिक र उनीहरुको सम्पत्तिका विषयमा नकरात्मक टिप्पणी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण भएको बताएको छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा त्यस्ता नकारात्मक टिप्पणी गर्नेमाथि गृह मन्त्रालयले सूक्ष्म निगरानी गरिरहेको र प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

गृह मन्त्रालयले कुनै देशको नाम र आयोजनाको नाम नतोकी उनीहरुप्रति बिरोध भएमा कडा कारवाही गर्ने भन्दै कडा भाषामा निकालेको विज्ञप्तिको नेकपा एमालेका नेता भीम रावल, नेपाली सेनाका अवकासप्राप्त जर्नेल डा।प्रेमसिंह बस्नेतदेखि सामाजिक सञ्जालमा आम सर्वसाधारणले बिरोध गरिहेका छन् ।

सुरक्षाविद् समेत रहेका डा।प्रेमसिंह बस्नेतले एमसीसीका उपाध्यक्ष नेपाल आउन लागेको सन्दर्भमा अमेरिका बिरोधी गतिविधि हुन सक्ने, कालोझण्डा देखाउने, सामाजिक सञ्जालबाट समेत बिरोध बढ्ने भएकाले त्यसलाई रोक्नका लागि सरकारले जाल फ्याँकेको हुन सक्ने बताए ।

गत साउन ३० गते स्वागत नेपालको नेतृत्वको उन्नत लोकतन्त्र पार्टीले नुवाकोटमा एमसीसी परियोजनाका लागि अधिग्रहण गरेको जग्गामा राष्ट्रिय झण्डा गाडेर विरोध जनाएकोप्रति लक्षित गर्दै गृहमन्त्रालयले विज्ञप्ति जारी गरेको हुन सक्ने बस्नेतले बताए ।

यस्तै दार्चुलामा जयसिंह धामीको बेपत्ता प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै यही भदौ १८ गते नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्दैै बिरोध प्रर्दशन गरेको थियो ।

नेपालमा एमसीसी परियोजनालाई लिएर अमेरिका बिरोधी प्रदर्शन अनि जयसिंह धामीलाई भारतीय एसएसबीले तुइन काटेर बेपत्ता पारेको विषयमा भारत विरोधी गतिविधि बढ्ने भएपछि गृहमन्त्रालयले कडा भाषामा विदेशी मित्रराष्ट्रलाई असर पर्ने र नेपालको कूटनीतिक मामिलामा असर पर्ने गरी सडक प्रर्दशन, सामाजिक सञ्जाल तथा मिडियाबाट हुने बिरोधलाई दवाउन सो विज्ञप्ति जारी गरेको विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *