एक महिलासँग आपत्तिजनक अवस्थामा फेला परेका मन्त्रीको अडियो लिक

एक महिलासँग आपत्तिजनक अवस्थामा फेला परेका मन्त्रीको अडियो लिक

काठमाडौं । बलपूर्वक सम्बन्ध कायम गरेको आरोप लागेका कर्णाली प्रदेशका मन्त्रीले आफ्नो प्रतिकृया दिएका छन् ।भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले ५ करोडको योजना दिन नसक्दा दुई वर्षअघिको भिडियो सार्वजनिक गरिएको आरोप लगाएका हुन् ।

उनले दुई वर्षको अवधिमा पीडित भनिएकी महिलाका पतिले विभिन्न ठाउँबाट आफ्नो नाम बेचेर ४२ लाख ५० हजार रुपैयाँ लिएको पनि बताएका छन् ।सो समाचार प्रकाशित भएपछि कृषिमन्त्री शाहीले यसरी पीडित पक्षलाई विभिन्न आरोप लगाएका हुन् ।

मन्त्री शाहीले पीडित युवतीका पतिले विभिन्न व्यक्तिबाट कमिसन लिएको, एक गाउँपालिका उपाध्यक्षसँग आफ्नो सम्बन्ध रहेको आरोप लगाएको, आफ्नो छोरालाई विद्यालयबाटै नियन्त्रण गरेको लगायतको आरोप पनि लगाएका छन् ।

मन्त्री शाहीले पीडित पक्षलाई विभिन्न आरोप लगाएको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल हुँदैछ ।आफू मन्त्री भएपछि पीडित महिलाका पतिले ५ करोडको योजना मागेको भन्दै उनले भनेका छन, ‘योजना नहाल्दा दुई वर्षअघिको भिडियो सार्वजनिक गर्यो ।

स्वाकीय सचिव नबनाएको झोकमा पनि भिडियो बाहिर आएको हो ।’ शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई त्यसरी दूर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन् । बाहिरबाट ढोका ढकढक्याएको आवाज सुनिन्छ । पीडित महिलाले ढोका खोल्छिन् । खाटमा बस्ने बित्तिकै मन्त्री शाहीले उनलाई अंगालोमा बेर्छन् ।

प्रहरीको सम्पर्कमा पुगेका पीडितहरुले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन् । मन्त्री शाहीले पीडित महिलाका पतिले विभिन्न व्यक्तिबाट झन्डै ५० लाख रुपैयाँ नगद लिएको दाबी गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *