केपी ओलीलाई धोका दिएका प्रेम आले र किसान श्रेष्ठ माधव नेपाललाई पनि धोका दिदैं, बनाइसके यतिसम्मको प्लान !

केपी ओलीलाई धोका दिएका प्रेम आले र किसान श्रेष्ठ माधव नेपाललाई पनि धोका दिदैं, बनाइसके यतिसम्मको प्लान !

नेकपा एमालेलाई धोका दिएका प्रेम आले र किसान श्रेष्ठले माधव कुमार नेपाललाई पनि धोका दिने तयारीमा छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिक इतिहासकै सबैभन्दा ठूलो तनावमा छन् । उनलाई सरकारमा पठाउने मन्त्रीको नाम टुङ्ग्याउन नसकेपछि तनाव थपिएको हो ।

नेकपा एमालेमा हुँदा केपी शर्मा ओली गुट परिवर्तन गरेर माधवकुमार नेपालको समूहमा लागेका ८ जना सांसदले झन् ठूलो तनाव दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिन माधव गुटमा प्रबेश गरेका उनीहरुले ८ जनाबाट २ जनालाई मन्त्री बनाउन पर्ने दबाव दिदै आएका छन् ।

त्यही अडानका कारण माधव नेपालको तनावको पारा आकाशीएको छ । माधव नेपालसँगको भेटमा सांसद प्रेम आलेले आफू र किसान श्रेष्ठलाई जसरी पनि मन्त्री बनाउन दवाव दिइरहेको श्रोतको भनाई छ । यदी मन्त्री नबनाउने भए आफूहरु छुट्टै पार्टी बनाउने धम्की समेत सुनाएको श्रोतको भनाई छ ।

राजनीतिक दल विभाजन सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेश अझै निष्कृय भएको छैन । अध्यादेशले अहिलेसम्म नेकपा एमाले र जनता समाजवादी विभाजित भएका छन् । मन्त्री बनाउने सहमती नभए आज भोलीनै पार्टी फुटाउने उनीहरुको तयारी छ ।

अध्यादेश अझै २२ भदौ यता निष्कृय नहुने निश्चित छ । उक्त दिनसम्म फुटेका दलहरुभित्र प्रदेश सभा सांसद र स्थानीय निकायका जनप्रतिनिधिलाई दल रोज्ने समय तोकिएको छ । त्यसपछि अध्यादेश निष्कृय बनाउने रणनीति बनाइएको छ ।

२२ भदौयता फुटेका र फुटबाट बनेका दलहरुले मन्त्रिपरिषद विस्तार रोक्न लगाएका छन् । त्यसकारण पनि प्रधानमन्त्री शेरबहादुर देउवा रोकिएका छन् । मन्त्रिमण्डल विस्तार तत्काल गरे असन्तुष्टहरुले फेरि दल फुटाउने सम्भावना बढ्छ ।

विशेषगरी २३ प्रतिनिधि सभा सांसद रहेको नेकपा एस र १९ सांसद रहेको जसपा फुट्ने सम्भावना रहन्छ ।नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले २२ भदौयता मन्त्रिपरिषद विस्तारबारे कसैले चुँइक्क सम्म नगर्ने बताइसकेका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवको पनि त्यही चाहना छ । त्यसैले मन्त्रिपरिषद विस्तार गर्न खोज्दा संख्या र मन्त्रालयबारे माधव नेपाल र उपेन्द्र यादवले विवाद झिकेका थिए । यो दुवैको रणनीतिका रुपमा लिइएको छ ।

जसपाका १९ सांसदमध्ये १८ जना मन्त्रीका आकांक्षी छन् । अधिकतम ४ मन्त्री पाउने जसपालाई सबैभन्दा सांसद व्यवस्थापनको चुनौती छ । असन्तुष्टि बढिहालेमा जसपा अर्को दुर्घटनामा पर्न सक्छ ।

अध्यादेश सक्रिय भइरहे नेपाली काँग्रेसलाई पनि डर छ । महाधिवेशनको पूर्वसन्ध्यामा रहेको काँग्रेसमा एक्कासी बढ्न सक्ने असन्तुष्टिले दुर्घटना निम्त्याउन सक्छ ।

६१ सांसद रहेको काँग्रेस अध्यादेश अनुसार १२ सांसदले नै विभाजन गर्न सक्छन् । ४९ सांसद रहेको माओवादी १० सांसदले फुटाउन सक्छन् । २३ सांसद रहेको नेकपा एस ५ सांसदले फुटाउन सक्छन् । १९ सांसद भएको जसपा ४ सांसदले फुटाउन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *