दार्चुलाको आकाशमा विना अनुमति भारतीय हेलिकप्टरको गस्ती, देउवा सरकार निदायो

दार्चुलाको आकाशमा विना अनुमति भारतीय हेलिकप्टरको गस्ती, देउवा सरकार निदायो

काठमाडाैँ । दार्चुलाको आकाशमा विना अनुमति भारतीय हेलिकप्टरको गस्ती चलिरहेको पाइएको छ । शुक्रबार कान्तिपुर दैनिकमा पत्रकार मातृका दाहालले यस सम्बन्धी समाचार लेखेका छन ।

नेपाली युवा जयसिंह धामीको तुइन काटेर हत्या गरेको भारतले धामीको शवको खोजीमा महाकालीमा ड्रोन उडाउन समेत अनुमति नदिएको भएपनि केहीदिनदेखि दार्चुलाको अाकाशमा भारतले विना अनुमति हेलिकप्टर उडाएर गस्ती गरिरहेको छ ।

भारतीय हेलिकप्टर उडिरहेको अाकाश मुनी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्यारेक रहेको छ । जिल्ला प्रशासन कार्यालय भारतीय समकक्षीसँग पत्राचार नै गरेर आपत्ति जनाएको भए पनि गृह मन्त्रालय र प्रधानमन्त्री शेरबहादुर देउवा कानमा तेल हालेर सुतेका छन ।

भारतले हेलिकोप्टर उडाउँदै आएको क्षेत्रमा सर्वसाधारणको बस्तीमात्र होइन, सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयसमेत पर्छ । दुई साताअघि पनि भारतीय हेलिकोप्टर नेपाली सेनाको गुरु गोरख गुल्म हेडक्वार्टरमाथिबाट उडेको थियो । लगत्तै गुल्म हेडक्वार्टरले आपत्ति जनाउँदै तत्काल रोक्ने गरी पहल थाल्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो ।

पत्रको बोधार्थ नेपाली सेनाको मुख्यालयलाई पनि पठाइएको थियो । सेनाको पत्रपछि प्रशासनले त्यसको जानकारी गृह मन्त्रालयलाई पनि पठायो । परराष्ट्रमार्फत पहल गर्नुपर्नेमा गृह मन्त्रालय नै मौन बसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *