केपी ओलीलाई भित्तामा पुर्याउँछु भन्दा आफैँ भित्तामा पुगेको पत्तै पाएनन् प्रचण्ड माधवले !

केपी ओलीलाई भित्तामा पुर्याउँछु भन्दा आफैँ भित्तामा पुगेको पत्तै पाएनन् प्रचण्ड माधवले !

केपी ओलीलाई जसरी भए पनि भित्तामा पुर्याइदिन्छु भन्दै शेरबहादुर देउवाको शरणमा प्रधानमन्त्री पद चढाउँन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एस का अध्यक्ष माधव कुमार नेपाल दुई दिन देखी नयाँ खालको टेन्सनमा छन् ।

उनीहरु तव मात्र झसंग भए जब प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पुरै वेवास्ता गर्दै एकाएक प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सँग सहयोगका लागी हात बढाए । ठिक यहि बेलामा ओली देउवा मिलन को चिन्ताले उनीहरुलाई सताइरहेको छ ।

जसरी भए पनि केपी ओलीलाई भित्तामै पुर्याउँने मात्रै एक सुत्रिय मिसन बोकेर हिडेका प्रचण्ड र नेपाललाई अहिले देउवा र ओली नजिकिए पछि पर्नु सम्मको पिर परेका छ । देउवा ओली सँग सत्रुतापूर्ण व्यवहार गरुन् भन्ने उनिहरु चाहन्छन् तर देउवाले अर्कै बाटो तय गर्ने जनाउ दिइसकेका छन् ।

सरकार बनेको ५० दिन सम्म पनि मन्त्रीपरिषदले पूर्णता पाउँन सकेको छैन । भागबण्डमा यति किचलो छ की छिर्केमिर्के गठबन्धन बाट प्रधानमन्त्री देउवा दिक्क भएको बताइन्छ । प्रचण्ड, माधव नेपाल र उपेन्द्र बावुरामलाई झेल्न निकै कठिन हुने निष्कर्षमा देउवा पुगेका छन् ।

ओली देउवा नजिकिए पछि गठबन्धनको भविश्यलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेको छन् । प्रचण्ड र माधव नेपाल चुनाव सम्मै यहि गठबन्धन लिएर जाने र काग्रेसकै बैशाखी टेकेर चुनाव जितेर आउँने सोचमा छन् तर दुई महिना नपुग्दै गठबन्धन धरापमा परिसकेको छ ।

नेकपा एमालेका नेता गोकुल वास्कोटा प्रचण्ड र माधव नेपालले कसैले नपाएको दुख पाउँने ठोकुवा गर्दछन् । देउवाले प्रचण्ड र माधव नेपाललाई प्रयोग मात्रै गरेको भन्दै उनले अन्तिममा युज एण्ड थ्रो गरिदिने उनको दावी छ । उखुको रस चुसेर छोक्रा फाँके जसै गरि फाकिदिने बास्कोटको दावी छ ।

प्रचण्डले देउवालाई जसरी चलाउँ छु भन्ने ठानेर ओली हटाएर देउवालाई प्रधानमन्त्री बनाएका थिए त्यत्ति सजिलो बन्ने अवस्था नआए पछि अब कसो गर्ने भन्ने तनाव थपिएको छ । देउवा सँग पनि बस्नै नसक्ने ओली सँग पनि फर्कन नसक्ने अवस्थामा प्रचण्ड र नेपाल पुगेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *