अस्तीमात्रै मुख्यमन्त्री बनेका भीम आचार्य यो के भन्दैंछन् ? केपी ओली र माधव नेपाल समेत आश्चर्यचकित !

अस्तीमात्रै मुख्यमन्त्री बनेका भीम आचार्य यो के भन्दैंछन् ? केपी ओली र माधव नेपाल समेत आश्चर्यचकित !

प्रदेश १ सरकार अल्पमतमा परेको छ । प्रदेश १ मा नेकपा एमाले छाडेर नेकपा समाजवादीमा १० जना प्रदेशसभा सांसद सामेल भएसँगै प्रदेश सरकार अल्पमतमा परेको हो । बुधबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराएका छन् ।

राजेन्द्र राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, राजन राई, सावित्रा रेग्मी, गणेशकुमार काम्बाङ, खिनुकुमारी लङ्बा, सरिता थापा, पदमकुमारी गुरुङ र सुनिता चौधरीले नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका हुन् ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सांसद रहेकोमा १० जना नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएसँगै अब एमालेमा ४१ सांसदमात्र बाँकी छन् । प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्नेमा एमालेले बहुमत गुमाएको छ ।

प्रदेशसभामा नेपाली काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १० र जसपाका ३ सांसद छन् । केन्द्रमै गठबन्धन गरेका यी चार दलले प्रदेशमा पनि नयाँ सरकार गठनका लागि पहल गर्दैछन् । यो गठबन्धनको पक्षमा प्रदेशसभामा ४९ सांसद हुन्छन् ।

यसैबीच, प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफू चाहना नहुँदा नहुँदै मुख्यमन्त्री बनेको टिप्पणी गरेका छन् । मुख्यमन्त्री बनेको पाँच दिनपछि मंगलबार प्रदेश १ सरकारको कार्यक्रम ‘जनतासँग मुख्यमन्त्री’मा उनले मुख्यमन्त्री हुने आफ्नो इच्छा नै नरहेको प्रतिक्रिया दिएपछि एमालेका अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल नै नै चकित परेका निकट स्रोत बताउछ ।

‘यसमा (मुख्यमन्त्रीमा) मेरो कुनै इच्छा पछिल्लो पटक थिएन, अहिले पनि छैन खासै,’ उनले कार्यक्रममा भने ‘मैले पाँच वर्ष अघि इच्छा गरेको थिएँ । त्यसका लागि काम गर्ने निश्चित मिसन थियो ।’

पाँच वर्ष अघि प्रदेश १ को विकास र समृद्धिको गुरुयोजना र कानुनको मस्यौदा गरेर तयार रहे पनि काम गर्न नपाएको मुख्यमन्त्री आचार्यले बताए । २०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैमा उनलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएको थियो । तर प्रदेशसभा संसदीय दलको नेतामा उनी शेरधन राईसँग पराजित भएपछि मुख्यमन्त्री हुनबाट वञ्चित भएका थिए । मंगलबारको कार्यक्रममा मुख्यमन्त्री आचार्यले अहिले परिस्थिति अनुकुल नरहेको स्वीकार गरे । ‘धेरै चिजहरु बिग्रिएको छ ।

राजनीनिक परिस्थिति बिग्रिएको छ, दलहरुबीच कन्फ्लिक्ट छ,’ कार्यक्रममा उनले भने, ‘(प्रदेशको) नामाङ्कन भएको छैन, नामाङ्कन गर्न दुई तिहाई चाहिन्छ । तर अहिले एकले अर्कालाई सहयोग गर्ने वातावरण दलहरुमा छैन ।’ पार्टी विभाजनपछिको एमालेमा धेरै क्षति हुन नदिन मात्रै मुख्यमन्त्री बनेको आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *