देउबालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने यी दुईजना लाई मन्त्री बनाउदै प्रधानमन्त्री देउबा, खुल्यो गोप्य रहस्य !

देउबालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने यी दुईजना लाई मन्त्री बनाउदै प्रधानमन्त्री देउबा, खुल्यो गोप्य रहस्य !

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका बेला दुई जना गैरसांसदलाई पनि मन्त्री बनाउनेबारे चर्चा चलेको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई पटकसम्म गरेको प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी लडाईमा लड्न दलहरुलाई सहयोग गरेकामध्ये एक जना अधिवक्ता र अर्का ब्यवसायीलाई मन्त्री बनाउनेबारे सत्ता गठवन्धनका शीर्ष नेताबीच छलफल भैरहेको उच्च स्रोतले बताएको छ ।

नाम उल्लेख गर्न अस्वीकार गर्दै उक्त स्रोतले दुई जना गैरसांसद मन्त्री बन्ने ठोकुवा गरेको छ । जसमध्ये एकजना वामपन्थी कित्ताबाट र एकजना प्रधानमन्त्रीको रोजाइको पात्र हुने स्रोत दाबी गर्छ ।

यता,सरकार गठनको डेढ महिना बितिसक्दा पनि क्याबिनेट विस्तार हुन नसक्दा जनस्तरबाटै आलोचना बढिरहेको छ । असार २९ गते प्रधानमन्त्रीको शपथ लिनुभएका देउवाले छ जना मात्र मन्त्री नियुक्त गर्नुभएको छ । सरकार गठनमा निर्णायक भूमिका खेल्नुभएका माधव नेपालको पार्टीले आधिकारिकता नपाएका कारण सरकार विस्तार रोकिएको भनिएको थियो ।

तर,माधव नेपालले एमालेबाट बिद्रोह गरी नेकपा एकीकृत समाजवादी गठनको वैधानिकता पाइसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।यसैबीच सत्ता साझेदार दलहरु तत्काल सरकारलाई पूर्णता दिन लगातार छलफलमा छन् । हिजो बेलुका र आज बिहान प्रधानमन्त्री देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच क्याबिनेट विस्तारबारे छलफल भएको थियो ।

आज पनि बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । आजको बैठकमा पाँचै दलका नेताहरु सहभागी छन् । पार्टीको काममा मधेश झर्नुभएका जसपाका अध्यक्ष उपेन्द्र यादव हिजो साँझ काठमाडौँ आइपुगेलगत्तै आज गठवन्धनको बैठक बसेको हो ।

आजको बैठकमा प्रधानमन्त्री देउवा,माओवादी केन्द्रका प्रचण्ड, नेकपा एसका अध्यक्ष नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई लगायतका शीर्ष नेताहरु सहभागी छन् ।

दलहरुबीच मन्त्रालय बाँडफाँडमा सैध्दान्तिक सहमति भएपनि कुन कुन मन्त्रालय कसले लिने भन्नेबारे सहमति नभएका कारण मन्त्रिपरिषद विस्तार अझै दुई दिन लम्बिन सक्ने बताइएको छ । जनमोर्चाले सरकारमा नजाने बताइसकेकाले बाँकी चार दललाई ५(५ मन्त्रालय भागबण्डा गर्ने र बाँकी दुईजना गैरसांसदलाई मन्त्री बनाउनेबारे छलफल भैरहेको बुझिएको छ । बताइएअनुसार प्रधानमन्त्री कार्यालय हेर्ने गरी एक जना विना विभागीय मन्त्री बनाउने सम्भावना पनि छ । त्यसो गर्दा २२ फुल मन्त्री र ३ राज्यमन्त्री हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *