एमालेमा पहिरोे, सुदूरपश्चिमका १० सांसदले एमाले त्यागे, ३ जना अझै तयार [ नामावलीसहित ]

एमालेमा पहिरोे, सुदूरपश्चिमका १० सांसदले एमाले त्यागे, ३ जना अझै तयार [ नामावलीसहित ]

काठमाडौं । सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजवादी एकीकृत समाजवादी रोजेका छन् ।

नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

तीन जनाको भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेको छैन । राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि माधवकुमार नेपाल समूहले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनाएको थियो ।निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएसँगै नेताहरुले दल फेरबदल गरिरहेका छन् ।

यो बीचमा सूदुरपश्चिममा मंगलबार १० सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेको जानकारी दिएका हुन् ।एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं सांसद पूर्णा जोशीले सांसदको संख्या १४ भन्दा धेरै हुने बताउनुभयो । एकीकृत समाजवादी रोज्नेहरु

दुर्गा विक पूर्णा जोशी माया भट्टअम्मरबहादुर साउद कुलवीर चौधरी मना साउद सुशीला बुढाथोकी बलबहादुर सोडारी लालबहादुर खड्का चुनकुमारी चौधरी कागजपत्र नपुगेका सांसदहरु दीर्घ सोडारी तारा लामा तामाङ अर्चना गहतराज

Leave a Reply

Your email address will not be published. Required fields are marked *