पार्टी रोज्ने काम सकिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार

पार्टी रोज्ने काम सकिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार

काठमाडौं । विभाजित नेकपा एमालेका सांसदहरुले दल रोजेपछि मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मंगलबार पाँच दलीय गठबन्धनबीच भएको छलफलमा एमालेमा रहेका सांसदहरुले दल रोज्ने क्रम जारी रहेको र एक साता पछिमात्र मन्त्रिपरिषद् विस्तार गर्ने सहमती भएको छ ।

सोमबार मंगलबार मन्त्रालय र मन्त्री बाँडफाँडको टुंगो लगाउने र बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने दलहरुबीच छलफल भएको थियो । तर, मंगलबारदेखि एमाले छाडेर माधवकुमार नेपालको नेतृत्वमा दर्ता भई निर्वाचन आयोगबाट मान्यता पाएको नेकपा (एकीकृत समाजवादी) मा आउने क्रम जारी भएपछि उक्त घटनाक्रमलाई नियालेर मात्र मन्त्रिपरिषद् विस्तार गरिने सहमती भएको छ ।

मंगलबार बागमती प्रदेशबाट १२ सांसदले एमाले छाडेर नेकपा (एस) मा आएका छन् । यस्तै, सुदुरपश्चिममा १० सासं एमालेबाट नेकपा (एस) मा र बाँकी ३ जना सांसदको सनाखत हुन बाँकी, प्रदेश २ मा १३ सांसदले एमाले छाडेर (नेकपा) एसमा आउन लागेका छन् । आयोगको निर्देशनअनुसार दल रोज्नका लागि ७ दिनको समय दिएको छ ।

यसरी सातै प्रदेशमा एमाले छाडेर नेकपा (एस) आउने क्रम जारी रहेको र नयाँ पार्टीमा आएपछि उत्पन्न हुन सम्भावित अवस्थालाई मध्यनजर गर्दै मन्त्रिपरिषद् विस्तारको काम एक साताका लागि धकेलिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *