केपी ओलीको पछिलाग्दा भीम रावलको यसरी भयो पत्तासाफ !

केपी ओलीको पछिलाग्दा भीम रावलको यसरी भयो पत्तासाफ !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पछि लाग्दा एमाले उपाध्यक्ष भीम रावल पावरको पत्तासाफ भइको छ । केही महिनाअघिको घटना ताजै छ, जतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाटै निर्णय गराएर सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्न निर्देशन दिएका थिए ।

तर एमाले उपाध्यक्ष भीम रावलले ‘पावर’ देखाउँदै प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्दै आफूपक्षीय सांसदहरूलाई मन्त्री लगायत पदीय भागबण्डा गराएका थिए ।

सुदूरपश्चिम प्रदेश सरकार र पार्टीका अधिकांश सांसदलाई ‘होल्ड’ गर्नसक्ने पावर भएका उपाध्यक्ष भीम रावलको पकड यतिबेला धुलो–माटो भएको छ । उपाध्यक्ष रावल अध्यक्ष ओलीको पक्षमा लागेर नेता माधवकुमार नेपाललाई धोका दिएपछि सुदूरपश्चिमका १० जना प्रदेशसभा सांसद एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा एमालेका २५ सांसदमध्ये १० सांसदले माधव नेपाललाई साथ दिँदै एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गरेका छन् । विगतमा माधव नेपाल र भीम रावलनिकट रहेका भनिएका १७ मध्ये १० सांसदले समाजवादी पार्टीमा लाग्ने निर्णय गरेका छन् ।

प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीसहित १० जनाले मंगलबार सनाखत गरेका हुन् । मंगलबार सनाखत गर्नेमा प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का, सांसद माया भट्ट, चुनकुमारी चौधरी, मनाकुमारी साउँद लगायत रहेका छन् । एकीकृत समाजवादीमा प्रमुख सचेतक दुर्गाकुमारी कामी, सांसद कुलवीर चौधरी, अमरबहादुर साउँद, बलबहादुर सोडारी र सुशीला बुढाथोकी लागेका छन् ।

नेकपा एमाले विभाजित भई भदौ २ गते एकीकृत समाजवादी पार्टी गठन भएको थियो । निर्वाचन आयोगले भदौ ९ गते एकीकृत समाजवादीलाई आधिकारिकता दिँदै प्रदेशसभा र स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई २१ दिनभित्र दल रोज्ने मौका दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *