तुइन प्रकरणमा दिनप्रतिदिन निरिह बन्दै देउवा सरकार : समितिको आज सकियो तेस्रो म्याद फेरि थप्ने तयारी

तुइन प्रकरणमा दिनप्रतिदिन निरिह बन्दै देउवा सरकार : समितिको आज सकियो तेस्रो म्याद फेरि थप्ने तयारी

काठमाडौँ, १५ भदौ । गृह मन्त्रालयले महाकाली तर्ने क्रममा तुइन चुडिँदा जयसिंह धामी बेपत्ता भएको घटनाबारे छानबिन गर्न बनाएको समितिको म्याद पुनः थप्ने तयारी गरेको छ । अनुसन्धान र प्रतिवेदन लेखन कार्य अझै नसकिएको भन्दै केही दिन म्याद थप्न लागिएको गृह मन्त्रालय स्रोतले बतायो ।

योसँगै वर्तमान गठबन्धनको सरकार जनताको जीउधनको सुरक्षाको निम्ती गैरजिम्मेवार रहेकोे प्रष्ट देखिएको छ । गैरजिम्मेवारमात्र नभई शेरहादुर देउवा नेतृत्वको सरकार लाचारी समेत भएको प्रष्ट भएको छ ।

भारतसँग आँखा जुधाएर बोल्न समेत हिम्मत नगर्ने देउवा सरकारका गृहमन्त्री बालकृष्ण खाँडले भने प्रतिवेदन सार्वजनिक समेत नगर्ने रणनीति बनाएको स्रोतले बताएको छ । १५ साउनमा तुइनबाट नदी तर्ने क्रममा व्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी बेपत्ता भएका थिए ।

त्यो घटनाको छानबिन गर्न १७ साउनमा १० दिनको समय दिएर मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख नायव महानिरीक्षक पुरुषोत्तम कडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी दार्चुला ज्योत्सना भट्ट रहेको छानबिन समिति बनाइएको थियो ।

तेस्रो पटकको म्याद आज सकिँदै
छानबिन समितिका सदस्यहरुलाई प्रत्यक्षदर्शी तथा धामीका परिवारले एसएसबीले तुइनको डोरी फुस्काइदिएपछि धामी महाकालीमा बेपत्ता भएको बताएका छन् । प्रत्यक्षदर्शीकै भनाइलाई आधार मानेर प्रतिवेदन तयार गर्ने काम भइरहेको बुझिएको छ । तर प्रतिवेदन आएपछि तत्काल भारतसँग यसबारे कुरा गर्न दबाब पर्ने भएकाले सरकारले प्रतिवेदनलाई अन्तिम रुप दिन जानाजान ढिलाइ गरेको आशङ्का भइरहेको छ ।

संसदको राज्य व्यवस्था समितिले प्रतिवेदन छिटो सार्वजनिक गर्न सरकारलाई निर्देशन दिइसकेको छ । यसबीचमा सरकारले धामीको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *