बामदेव गौतमले माधव नेपाल सँग गोप्य रुपमा गरेको बार्गेनिङ सार्वजनिक !

बामदेव गौतमले माधव नेपाल सँग गोप्य रुपमा गरेको बार्गेनिङ सार्वजनिक !

कहिले ओली तिर त कहिले माधव नेपाल तिर लागेर आफ्नो दोधारे चरित्र देखाइरहेका नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सँग गोप्य रुपमा गरेको बार्गेनिङ सार्वजनिक भएको छ ।

उपाध्यक्ष गौतमले नेकपा एस मा आउँनको लागी माधव कुमार नेपाललाई ३ बुँदे लिखीत प्रस्ताव गरेको खुलासा भएको छ । नेकपा एसमा २ जना अध्यक्ष बनाउँनु पर्ने समेत प्रस्ताव गरेर गौतमले नेपाललाई लिखीत रुपमै पत्र दिएको खुलेको हो ।

पार्टीका दुइ अध्यक्षको व्यवस्था हुनुपर्ने र त्यसमा एक जना अध्यक्ष आफु हुनु पर्ने प्रस्ताव बामदेवले पठाएका थिए तर, उक्त प्रस्तावलाई अध्यक्ष नेपालले स्वीकार गरिसकेका छैनन्। बरु नेपालले गौतमको प्रस्तावबारे पार्टीमा छलफल गरेको जवाफ दिँदै साथीहरुले अस्वीकार गरेको जवाफ दिएका छन्।

साथीहरुले मानेन् भनेर माधव नेपालले बामलदेवले गरेको प्रस्तावलाई घुमाउरो पारामा अस्विाकार गरे पछि बामदेव अहिले ठूलो विखलबन्दमा परेको बताइन्छ । माधव नेपाले उक्त प्रस्ताव अस्विकार गरे पछि गौतम माधव सँग जान सकिन्न ओलीलाई नेता मान्न सकिन्न भन्दै हिड्न थालेका छन् ।

यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संसद बाहिरबाट मन्त्रिपरिषद् गठन र महाधिवेशनबाट केन्द्रीय कमिटी चयन र केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्नुपर्ने लिखित प्रस्ताव पनि गौतमले पठाएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष गर्न नसकिने निष्कर्षमा पुगेका गौतमले श्रीमती तुलसा थापालाई नेपालले गठन गरेको नयाँ पार्टीमा पठाएका थिए। तर, निर्वाचन आयोगमा ढिलागरी पुगेका कारण उनको सनाखत हुन पाएन।

‘पार्टीमा दुई अध्यक्षको व्यवस्था हुनुपर्छ,’ गौतमले पठाएको गौतमको प्रस्ताव उल्लेख गर्दै उनीनिकट स्रोतले नेपालखबरसँग भन्यो, ‘राजनीतिक प्रस्ताव भनेर गौतमले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संसद बाहिरबाट मन्त्रिपरिषद् गठन र महाधिवेशनबाट केन्द्रीय कमिटी चयन, केन्द्रीय कमिटीबाट पदाधिकारी चयन गर्नुपर्ने प्रस्ताव पठाउनुभएको छ।’ तर अध्यक्ष नेपालनिकट स्रोतका अनुसार गौतमको तीन बुँदे प्रस्तावमध्ये पहिलो प्रस्ताव नेपाल पक्षले अस्वीकृत गरिसकेको छ।

‘तपाईंको प्रस्ताव म साथीहरुसँग राखेको थिएँ’ अध्यक्ष नेपालले गौतमलाई दिएको जवाफबारे उनीनिकट एक नेताले भने, ‘तर, साथीहरुले दुई अध्यक्षको व्यवस्था गर्दा झमेला हुने भनेर मान्नुभएन।’

तर गौतमले नेपालको त्यस जवाफलाई लिएर असन्तुष्टि जनाएका छन्। ‘साथीहरुले मानेन भनेर माधवजीले आफूले नमानेको कुरा साथीहरुको टाउकोमा हाल्नुभएको छ,’ गौतमले आफूनिकट नेताहरुसँग गरेको ब्रिफिङ सुनेका एक नेताले भने।

नवगठित पार्टीमा गौतम आउने आशा अझै पनि नेपाल पक्षले गरे छ। पार्टी गठनकै दिन ट्वीट गर्दै समाजवादी पक्षले माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको नाम राखेर ब्यानर सार्वजनिक गरेको थिए। तर, उक्त कुरामा गौतमले आपत्ति जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *