माधब नेपाललाई अर्को झट्का, जसको मुख हेरेर बसेका थिए उसैले अन्तिममा आएर छाड्यो साथ

माधब नेपाललाई अर्को झट्का, जसको मुख हेरेर बसेका थिए उसैले अन्तिममा आएर छाड्यो साथ

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उपमेयर निर्मला थापाले आफूहरु अब माधव नेपालको पक्षमा नरहेको घोषणा गरेका छन् ।नेकपा विभाजनपछि प्रचण्ड–माधव समूह हुँदै पछिल्लो समय एमालेको माधव नेपाल पक्षमा रहेका मेयर श्रेष्ठ र उपमेयर थापाले शनिवार अध्यक्ष केपी शर्मा अ‍ोलीको उपस्थितिमा भएको कार्यक्रममा एमालेमै रहने घोषणा गरेका हुन् ।

नेकपा एमाले विभाजनसँगै एकीकृत समाजवादीमा जान चाहने स्थानीय तहका जनप्रतिनिधिलाई अध्यादेशले २१ दिनको समय दिएको छ । महालक्ष्मी नगरपालिकाको लुभुमा आयोजित युवा संघको कार्यक्रममा मेयर श्रेष्ठले आफूहरु एमाले छाडेर माधव नेपालको पार्टीमा नजाने बताए ।

आफू पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तयार रहेको भन्दै एमाले विभाजनका लागि नेपाललाई समर्थन नगरेको बताए । ललितपुरमा एमालेले जितेका स्थानी तहमध्ये महालक्ष्मीका मेयर उपमेयर माधव नेपाल पक्षमा थिए ।
Facebook
Twitter

Leave a Reply

Your email address will not be published. Required fields are marked *