महराको जस्तै सभामुख अग्नि सापकोटाको काण्ड छताछुल्ल, माओवादी पार्टीमा खैलौबैला

महराको जस्तै सभामुख अग्नि सापकोटाको काण्ड छताछुल्ल, माओवादी पार्टीमा खैलौबैला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कु–कर्मले गर्दा सभामुख अग्निप्रसाद सापकोटा छिटै जाल जाने अवस्था आउन लागेको खुलासा गरेका छन् ।गृहजिल्ला सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– २ कर्थलीमा शुक्रबार श्री देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले

कीर्ते गरेर सरकारी जग्गा हडपेको अभियोगमा अग्नि सापकोटा जले जाने बताए ।‘अग्नि सापकोटाजीले धेरै अपराधहरू गर्नुभयो । उहाँलाई अर्जुन लामा हत्या प्रकरण पनि बाँकी छ’, नेता बस्नेतले भने, ‘उहाँ ९अग्निप्रसाद सापकोटा०ले सरकारी जग्गा धेरै ठूलो संख्यामा कीर्ते गरेर जबरजस्ती हडप्ने काम भएको छ ।’

बस्नेतले भने, ‘सरकारी जमीन उहाँका मान्छेको नाममा पास गरिएको छ । अग्निप्रसाद सापकोटाजीको कु–कर्मको कारणले उहाँ चाँडै जेल जाँदै हुनुहुन्छ ।’‘यो पनि अचम्म नहोला । यो चाँडै भयो फेरि । अपराध गरेपछि अपराध त कराउँछ कराउँछ । गाउँमा चलन छ । पाप धुरीबाट कराउँछ । कराउँछ कराउँछ पाप’, कांग्रेस नेता बस्नेतले भनेका छन् ।

उनले भने, ‘अग्नि सापकोटा सिन्को पनि भाँचेका छैनन् । काभ्रेको अर्जुन लामा हत्या गरेको काण्डमा उनको मुद्धा बाँकी नै छ । नेताहरू अपराधी हुनु भएन ।’कृष्णबहादुर महरा सभामुख रहेका बेला रोशनी शाहीले यौनदुर्व्यवहारको आरोप लगाएपछि सभामुख पद गुमाएर दशैँको मुखमा जेलमा बस्नु परेको थियो । महराले लामो समयपछि काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत ललितपुरबाट सफाइ पाएका छन् ।

सभामुख भएकै बेला सापकोटा पनि सरकारी जमीन कीर्ते गरेको काण्डमा जेल जाने भनेर कांग्रेस नेता बस्नेतले खुलासा गरेपछि माओवादीभित्र खैलाबैला भएको छ ।सापकोटा पनि जेल गएमा माओवादीलाई सभामुख पद फाप्दैन भन्ने स्पष्ट हुनेछ । माओवादीले कहिल्यै पनि सभामुख पदमा दाबी नगरे हुनेछ । कांग्रेस नेता बस्नेतले केपी ओलीले मनपरी गरेका कारण दुईतिहाइको सरकार ढलेको बताए ।

‘केपी ओलीको पार्टी नै फुट्यो । एमाले, के–के माले, झाले पार्टी बनेका छन् । त्यस्ता छ गोरुका नाम हुन्थे’, उनले भने, ‘गोरुको नाम जस्तै अहिले कम्युनिस्ट त्यस्ता भएका छन् ।‘चुनाव आउँदै छ । भोट कांग्रेसलाई दिनुपर्छ । विकासको जिम्मा कांग्रेसले लिन्छ । जनताले कांग्रेसलाई भोट दिनुपर्छ’, उनले भने, ‘हामीमा पनि कमजोरी होला । सुध्रिनुपर्छ । जनताको मत लिएर गएपछि जनताको काम गर्नुपर्छ ।’

‘ठोकर्पामा एउटा कार्यक्रममा पत्रकारले सरकार कसको बन्छ रु को प्रधानमन्त्री बन्छ भन्थे । त्यस बेला नेपाली कांग्रेसको सरकार बन्ने भनेको गोरु ब्याउने जस्तै हो’, उनले भनेका छन् ।‘त्यस कारणले नेपालमा गोरु नै ब्याउँछ भनेको थिएँ । गोरु ब्याउँछ भनेको कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवा पार्टी सभापति बन्नु हुन्छ भनेको हो । नभन्दै शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो’, उनले भनेका छन् ।

‘जनताले भोट कांग्रेसलाई हालेनन् । बहुमत कम्युनिस्टलाई दिए । दुईतिहाइको बहुमतको सरकार बन्यो । सरकार त बन्यो । भ्रष्टाचारमा लिप्त भए’, उनले भने, ‘अधिनायकवादी शैलीमा शासन गर्न खोजे । निरंकुश शासन गर्न खोजे । आफ्नै पार्टीभित्रको मान्छेलाई तेजोबध गर्न थाले । जनताको भोटको कदर गर्न सकेनन् । त्यसपछि कम्युनिस्टहरू लथालिङ्ग, भताभुङ्ग बने ।’

उनले भने, ‘कम्युनिस्टहरूले यो देश चाउन सकेनौँ । केपी ओलीले यो देश सिध्याए । शेरबहादुर देउवालाई अब तपाई प्रधानमन्त्री बनिदिनुस् भनेर बुढानिलकण्ठ गएको सबैले देखेका छन् ।’

‘जनताले भोट कम्युनिस्टलाई हाले । कम्युनिस्टका नेताले भोट कांग्रेसका नेतालाई हाले । दलाली बीचमा किन गर्ने रु विकास चाहिन्छ भने भोट कांग्रेसलाई हाल्नुपर्छ’, कांग्रेस नेता बस्नेतले भनेका छन् ।

‘कम्युनिस्टले धर्म र संस्कृति मान्दैमान्दैन । यिनीहरू नेपालमा पनि मठमन्दिर भत्काएर हिँड्ने हुन्’, उनले भने, ‘धर्म भनेको अफिम हो भन्ने कम्युनिस्टले ठूलो टीका लगाउँछन् । प्रचण्डले टीका लगाएका छन् ।’उनले भने, ‘बत्तीबाल्न, स्कुल बनाउन, दलित, बाटो, खानेपानीका लागि कांग्रेस चाहिन्छ । भोट कम्युनिस्टलाई दिने । विकास कांग्रेसले गरोस् भन्ने देखिएको छ । अबको निर्वाचनमा कांग्रेसलाई भोट दिनुस् । रुख चिन्हमा भोट हाल्नुस् ।’

कर्थलीमा निर्माणाधीन श्री देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा निर्माणका लागि नेता बस्नेतको पहलमा पुनर्निर्माण प्राधिकरणबाट रु।२४ लाख रकम विनियोजित भएको छ ।पूर्वमन्त्री बस्नेतले गुम्बाको शिलन्यास पनि गरेका छन् । कार्यक्रममा क्षेत्रीय सभापति बालकृष्ण बस्नेतसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *