मन्त्री छान्ने जिम्मा माधव नेपालले पाए, को -को बन्दैछन् मन्त्री ?

मन्त्री छान्ने जिम्मा माधव नेपालले पाए, को -को बन्दैछन् मन्त्री ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्री छान्ने जिम्मा पाएका छन् । आज बसेको बैठकले संसदीय दलको बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिने निर्णय गरेको हो । बैठकले संसदीय दलको नेतामा अध्यक्ष नेपाललाई नै चयन गरेको छ ।

बैठकका निर्णय सुनाउँदै सांसदसमेत रहेका नेता विरोध खतिवडाले मन्त्री छान्ने जिम्मा बैठकले अध्यक्ष नेपाललाई दिएको जानकारी दिए । नेकपा (एकीकृत समाजवादी) प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताइसकेको छ । प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

बैठकले बाढीपहिरोबाट पीडित भएकाहरूलाई उद्धार तथा राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षणसमेत गरेको छ । वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

एकीकृत समाजवादीको भागमा ६ देखि ७ वटासम्म मन्त्रालय पर्ने सम्भावना छ । नेता मुकुन्द न्यौपाने वा बेदुराम भूसालमध्ये एकजनाको नेतृत्वमा सरकारमा जाने सम्भावना छ । तर, दुवैको अडान यथावत् छ ।

सांसद्हरू विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी, सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन र कृष्णकुमार श्रेष्ठ जसरी पनि मन्त्री हुने दाउमा छन् ।

कतिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, बिना बुढाथोकी, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा (पौड्याल), सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसीले दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *