एमालेका प्रभावशाली नेतालाई एस पार्टीमा तान्न अनेक अफर गरिरहेका माधव नेपालले अन्ततः गरे बम्पर अफर, भीम रावलहरुको मन पग्लिने संकेत

एमालेका प्रभावशाली नेतालाई एस पार्टीमा तान्न अनेक अफर गरिरहेका माधव नेपालले अन्ततः गरे बम्पर अफर, भीम रावलहरुको मन पग्लिने संकेत

नवगठित नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका प्रभावशाली नेताहरुको मन पगाल्नका लागि अनेक अफर गरिरहेका छन् । आफ्ना साथ छाडेका भीम रावल, घनश्याम भुसाल लगायतका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन नेपालले ठूलो त्यागको घोषणा गरेका छन् ।

अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए अध्यक्ष पद छोड्न तयार रहेको घोषणा समेत गरे। उनले आफ्नो साथ छाडेका नेतालाई अध्यक्ष पद दिने उद्घोष समेत गरे ।

आफ्नो पार्टीनिकट पेसागत महासंघ नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले पदका लागि कहिल्यै पनि लडाइँ नगरेको पटक(पटक दोहोर्‍‍याए। अध्यक्ष नेपालले भने, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु। आउनुहोस्( नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०को अध्यक्ष बन्नुहोस्।

म अध्यक्ष पदबाट त अहिल्यै बिदा भइहाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु, भएनरु पदको लडाइँ होइन यो, विचारको लडाइँ हो। सिद्धान्तको लडाइँ हो यो। मूल्य र मान्यताको लडाइँ हो।’

अध्यक्ष नेपालले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नुपरेको तर्क गरे। उनले आफूविरुद्ध ओलीले कूप्रचार गरेको भन्दै आक्रोश व्यक्त गरे।

आफूविरुद्ध कूप्रचार भइरहेको भन्दै अध्यक्ष नेपालले त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। उनले भने, ‘खाली कूप्रचारबाहेक केही पनि छैन। यस्ता झुटा प्रचारको भ्रममा कोही पनि नपर्नुहोस्। उनीहरुको काम नै गोयबल्स शैलीको प्रचार गर्ने हो। मान्छेको चरित्र हत्या गर्ने प्रवृत्ति हो। यस्ता प्रवृत्ति भएका मान्छेहरु इमान्दार, क्रान्तिकारी कम्युनिस्ट हुन सक्छन्रु’

अध्यक्ष नेपालले समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भइ काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको बताए। सो अभियानमा पदलोलुप नभइ काम गर्न उनले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *