हेर्नुहोस् यस्तो छ गणतन्त्रको उपलब्धी, यो हो प्रचण्डले छोरीका लागि काठमाडौमा बनाएको महल !

हेर्नुहोस् यस्तो छ गणतन्त्रको उपलब्धी, यो हो प्रचण्डले छोरीका लागि काठमाडौमा बनाएको महल !

काठमाडौं । वि.सं. २०७३ सालमा प्रधानमन्त्री भएपछि सर्वहाराको राजनीतिक सिद्धान्त बोकेर हिडेका प्रचण्डको सम्पति एक कट्ठा जमिन र तीन तोला सुनमात्र थियो ।

सुरुदेखि नै माओवादी पार्टीलाई सर्वहाराको आवाज भन्ने गरिएको छ । त्यसै पार्टीको प्रमुख भएपनि राजर्शी जीवनशैलीमा देखिने पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्पति विवरण भने सर्वहाराकै जस्तो देखिएपछि सम्पत्ति विवरणमाथि धेरैले आशंका व्यक्त नगरेका होईनन् ।

प्रचण्डले त्यो बेला सार्वजनिक गरेको सम्पति विवरणमा चितवनमा एक कट्ठा जमिन र तीन तोला सुनमात्र रहेको भनेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायले प्रचण्डको सम्पति विवरण भ्रम छर्ने खालको भएको भन्दै टिप्पणी समेत गर्न भ्याएका थिए ।

पैतृक सम्पतिबाट प्रचण्ड पत्नी सीता दाहालको नाममा एक कट्ठा जमीन र तीन तोला सुन रहेको विवरणमा उल्लेख गरिएको थियो ।

 

प्रचण्डले हातमा लगाउने घडी नै एक लाख बराबरको भएको बताइन्छ । उनी सुत्ने पलंङ मात्रपनि लाखौँको छ भनिन्छ ।

उनको खानपान, रहनसहन देखि लिएर उनले आफ्ना सन्तानहरुका लागि गरेको तामझाम हेर्दा पनि उनको सम्पति त्यतीँ नै भनेर सहजै विश्वास गर्न गाह्रो हुन्छ । पटक–पटक पत्नी सीताको उपचार अमेरिकादेखि लिएर अन्य धेरै देशहरुका प्रचण्डले नगराएका पनि होईनन् ।

उनको परिवारमा सबै राजनीतिमा छन्, व्यापार व्यवसायमा कोहि छैनन् । तर उनीहरु सबैको जीवनशैली राजा महाराजको भन्दा कम्ता छैन । हालै सामाजिक सञ्जाल ट्वीटरमा जीवन श्रेष्ठले एक भव्य महलको तस्विर राख्दै लेखेको क्याप्सनले सबैको ध्यान खिच्यो ।

उनी लेख्छन्, ‘प्रचण्डले भैसेपाटिमा छोरीहरूलाई बनाएको करोडौंको घर । गणतन्त्र’ संयोग नै भन्नुपर्छ प्रचण्डसँग जोडिएको यो घरको तस्विर १४ औं गणतन्त्र दिवसका दिन आज सार्वजनिक गरियो ।

यो तस्विरको सत्यताबारे अहिले शंका गर्ने ठाउँ नभएको पनि होईन । तर प्रचण्डको परिवारबाट नै यस विषयमा कुनै प्रतिकृया नआएका कारण यसलाई साँचो मानिएको छ ।

उक्त ट्वीटमा दर्जनौंको संख्यामा प्रतिकृयाहरु आएका छन् । धेरैले भनेका छन् गणतन्त्रको उपलब्धी नै यही त हो । यो महललाई तपाईहरुपनि निहाल्नुहोस् । आफूलाई लागेको प्रतिक्रिया जनाउनुहोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *