प्रधानन्यायाधीश राणालाई बाहिर निकालियो, अब के हुन्छ ?

प्रधानन्यायाधीश राणालाई बाहिर निकालियो, अब के हुन्छ ?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई इजलासबाटै निकालिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रमाथि आपत आइलागेको हो । विभिन्न चर्चित फैसला गरेर जनताको ताली र गाली खाएका प्रधानन्यायाधीश राणालाई अहिले आफ्नो कारण आफैलाई आपत आइलागेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको पालामा संवैधानिक परिषदले गरेका नियुक्तिहरु बदर गर्न माग गर्दै परेका रिटमाथिको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा प्रधान न्यायाधीश बस्न नहुने माग भएको छ ।

प्रधानन्यायाधीशको अध्यक्षतामा गठित इजलासमा सुनुवाइ शुरू भए लगत्तै रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीशको मनसायपूर्वक उपस्थिति रहेको र अध्यादेश आउन पनि राणा जिम्मेवार भएको जिकिर गरेका छन् ।

उनले संवैधानिक परिषदका नियुक्तिमा प्रधानन्यायाधीशले पनि भागबण्डा लिएका र उनका मान्छेले नियुक्ति पाएको कारण इजलास छाड्नुपर्ने र बिदा बस्दा हुने सुझाव दिएका छन् । संविधान अनुसार संवैधानिक इजलासको अध्यक्ष प्रधान न्यायाधीश हुनुपर्छ ।

इजलासमा अर्यालले भने, ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आउनमा श्रीमान्‌को पनि भूमिका देखियो । संवैधानिक इजलास विज्ञ रामकृष्ण तिमल्सिनालगायतका व्यक्तिहरू पनि जोडिए र नियुक्ति भयो ।’

उनले खगाडि भने, ‘यसमा उहाँका नातागोता पनि परेका छन् । न्यायिक प्रतिष्ठानमा कार्यकाल नसकिँदै अर्को नियुक्ति भएको छ । जब प्रधानन्यायाधीश भागबण्डामा सामेल हनुुभयो त्यसैले उहाँले यो मुद्दा हेर्न मिल्दैन ।’

जवाफमा राणाले संवैधानिक परिषद्ले गरेका नियुक्ति अधिकारप्राप्त ठाउँबाट भएको भन्दै नियुक्तिका विषयमा व्यक्तिलाई आरोप लगाउन नमिल्ने बताएका छन् । राणाले भने, ‘नियुक्तिका विषयलाई लिएर आरोप लगाउन मिल्दैन । गैरकानूनी हो भने आधार देखाउनुस् । अधिकारप्राप्त निकायले गरेको नियुक्तिमा भागबण्डाको कुरा नगर्नुस् ।’

तत्कालीन प्रधानमन्त्री ओलीको पालामा संवैधानिक परिषद् बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा निरन्तर अनुपस्थित भएपछि अध्यादेशमार्फत परिषद् बैठकसम्बन्धी व्यवस्था संशोधन गरी अख्तियारलगायत विभिन्न निकायमा नियुक्ति गरिएको थियो । त्यसकाविरुद्ध सभामुखसहितले अदालतमा रिट दायर गरेका छन् । सोही मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *