माधव नेपाल सरकारमा जाने : आजै बन्नेछन् यी मन्त्री, महिना–महिनामा फेरिनेछ

माधव नेपाल सरकारमा जाने : आजै बन्नेछन् यी मन्त्री, महिना–महिनामा फेरिनेछ

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने बताउनुभएको छ । नयाँ दलले मान्यता पाएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सरकारमा जाने स्पष्ट पार्नुभएको हो ।सत्तारुढ गठबन्धनमा आफूहरु भए पनि हिजोका दिनमा भन्न गाह्रो भएको भन्दै उहाँले अब तत्कालै सरकारमा जाने बताउनुभयो ।

उहाँले भन्नुभयो अब पाँच दलीय गटबन्धनलाई अगाडि लैजान चाहन्छौं, सरकारमा सहभागी हुन्छौं ।’ उहाँले यो गठबन्धनमापनि स्पष्ट पारिसक्नुभएको छ । भागवण्डा समेत भइसकेको छ । स्रोतका अनुसार आज नै मन्त्री बनाउने तयारी छ ।

माधव नेपालको भागमा ६ मन्त्री
माधव नेपालको भागमा ६ मन्त्री परेको स्रोतको दावी छ । ५ मन्त्री र एक राज्यमन्त्री दिने सहमति गठबन्धनले गरेको हो । जुन नेकपा माओवादी केन्द्र हैसियतको सहभागिता हो ।

नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएलगत्तै सरकारले पूर्णता पाउने सम्भावना बढेको हो । नेपालको पार्टीबाट मुकुन्द न्यौपाने र बेदुराम भुसालको नाममा लगभग सहमति जुटिसकेको छ ।

अन्य ४ जनामा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठको नाम चर्चामा छ । एमालेभित्र विवाद हुँदा नेपाललाई साथ दिने यी नेताहरुलाई मन्त्री बनाउने मुडमा नेपाल रहनुभएको बताइन्छ ।

यस्तै जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, मेटमणि चौधरी र हिराचन्द्र केसीको नाम पनि चर्चामा रहेको छ ।

उहाँहरुमध्ये एकजना मन्त्री बन्ने लगभग पक्का रहेको स्रोत बताउँछ । नेपालको पार्टीमा रहेका अन्य नेताहरुलाई पालैपालो मन्त्री बनाउने नेताहरुबीच सहमति भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *